अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४२ | Colorodo: 21:57

बिदेशबाट नेपालीहरु फर्कने क्रम जारी

बिआरटीनेपाल २०७७ असार १० गते ८:१० मा प्रकाशित

साउदी अरबको जेद्दाबाट २५ जना महिला सहित दुइ सय ५४ जना नेपाली कामदार नेपाल आइपुगेका छन् । उनीहरु आज बिहान १० बजे नेपाल एयरलाइन्समार्फत काठमाण्डौ आइपुगेका हुन् । जेद्दास्थित नेपाली महावाणिज्य दूतावासको संयोजनमा उडेको यो पहिलो उडान हो । स्वदेश फिर्ता हुनेमा अधिकांश करारपत्र समाप्त भएका कामदार रहेका कार्यवाहक महावाणिज्यदूत रेवती पौडेलले जानकारी दिनुभयो । मृगौला फेल भएका, ब्रेन टुयुमर र उच्च रक्तचापका कारण प्यारालाइसिस भएका १० जना बिरामीसमेत आज फर्कनेको सूचीमा रहेका छन् ।

करार अवधि समाप्त भएकाले धेरैजसो कामदारको टिकट रोजगारदाता कम्पनीले बेहोरिदिएको उहाँले बताउनुभयो । जेद्दा क्षेत्रमा रहेका झन्डै तीन हजार नेपालीले स्वदेश फर्किनका लागि आवेदन दिएका थिए । साउदीको अर्को सहर दमामबाट पनि एक सय ५४ जना कामदार बोकेको हिमालयन एयरलाइन्स आजै आइपुगेको छ । कुवेतबाट एक सय ६० जना कामदारको बोकेको हिमालयन एयरलाइन्सको चार्टर पनि बिहान ११ बजे नेपाल आइपुगेको छ ।

कुवेतबाट चार्टर गरिएको यो पहिलो उडान हो । यसअघि १० वटा उडान कुवेत सरकारले गरेको थियो । संयुक्त अरब इमिरेट्स (यूएई) को आबुधाबीबाट तीन बच्चासहित एक सय ५२ जना पनि आजै आएका छन् । आबुधावीबाट उडेको हिमालयन एयरलाइन्स त्रिभुवन विमानस्थलमा आज बिहान पौने ११ बजे त्रिभुवन विमानस्थल आइपुगेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू