अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४२ | Colorodo: 05:57

नवलपुरमा करेन्ट लागेर २ जनाको ज्यान गयो

बिआरटीनेपाल २०७७ असार ९ गते ७:४९ मा प्रकाशित

नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा करेन्ट लागेर मङ्गलबार दुई जनाको ज्यान गएको छ । करेन्ट लागेर अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवम् सूचना अधिकारी मोहनबहादुर खाँणले दिनुभएकोे जानकारी अनुसार गाउँपालिका ३ को सर्दीमा रहेको खोरण्डे खोलामा टिप्पर धुने क्रममा करेन्ट प्रवाह हुँदा दुई जनाको ज्यान गएको हो ।

लु २ ख ४७४४ नम्बरको टिप्पर धुने क्रममा टिप्परको पछाडिको भाग ( ढाला ) माथि उठाउँदा बिजुलीको तारमा छुन पुग्दा ढालामा करेन्ट प्रवाह हुँदा टिप्परका चालक र सहचालकको घटनास्थलमा नै ज्यान गएको हो ।

ज्यान गुमाउनेमा स्याङ्जा चापाकोट नगरपालिका ६ का ३२ वर्षीय चालक भरत थापा र नवलपुरको विनयी त्रिवेणी ५ धुरकोट देवरालीका १७ वर्षीय सहचालक आशिष विक रहेका छन् । यस्तै त्यही खोलामा नुहाइरहेका कास्की उपमहानरपालिका १७ का ४५ वर्षीय कृष्णबहादुर पाण्डे लु २ ख ४४४८ नम्बरका टिप्पर चालक घाइते हुनुभएको छ । नुहाइरहेका पाण्डे खोलामा प्रवाह भएको करेन्ट लागेर घाइते भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू