अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५७ | Colorodo: 03:12

सदनमै आएर राष्ट्रवाद विरुद्ध बोल्ने को ?– राष्ट्रिय सभा सदस्य बिडारी

बिआरटीनेपाल २०७७ असार ९ गते ७:३० मा प्रकाशित

राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले आन्तरिक राष्ट्रवादलाई कमजोर बनाउनु नहुने बताउनुभएको छ । मंगलबारको राष्ट्रियसभामा बोल्नुहुँदै उहाँले सदनमै आएर उफ्रिउफ्रि राष्ट्रवादको विरुद्धमा बोल्ने काम भएको टिप्पणी गर्नुभयो । जातीय, क्षेत्रीय सम्प्रदाय, संस्कृतिमाथि प्रहार भयो भने आफूहरुले नसहने उल्लेख गर्दे उहाँले सदनमै जनता उचाल्ने, भ्रम फैलाउने काम नगर्न चेतावनी दिनुभयो ।

दुई छिमेकी विशाल भारत र चीनको सम्बन्ध स्थायी राख्न मुलुकको संविधान, परराष्ट्र नीति, पन्चशिलको सिद्धान्त लगायतकालाई लाई आधार मान्नुपर्ने बिडारीको भनाई थियो । अर्को फरक प्रसंगमा मधेसका नारीहरुलाई होच्याउन र अपमान गर्न नागरिकता विधेयक नल्याइएको उहाँले स्पष्ट पार्नुभयो ।

भारतले छोरी नदिए नेपाली छोराले नेपाली छोरासँगै बिहे गर्ने र नागरिकता बनाउने बिडारीको भनाई थियो । उहाँले विदेशीसँग मजाले विहे गर्न पाईने तर धेरै सरिताहरु चाँडै अंगिकृत बनाएर देशको मन्त्री र सांसद बनाउने पक्षमा संसद नरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू