अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१४ | Colorodo: 02:29

कोरोना उच्चस्तरीय समन्वय समिति विघटन, सीसीएमसीलाई थप शसक्त बनाईयो

बिआरटीनेपाल २०७७ जेठ ३१ गते ६:५४ मा प्रकाशित

सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलेको संयोजकत्वमा गठित कोभिड–१९ रोकथाम, नियन्त्रण र उच्चस्तरीय समन्वय समिति विघटन गरेको छ। उच्चस्तरीय समन्वय समितिले गर्दै आएका काम र उसको जिम्मेवारी कोभिड– १९ रोकथाम, नियन्त्रण र उपचारलगायतका कार्यहरु प्रभावकारी ढंगले छिटो, व्यवस्थित र समन्वयात्मक रुपमा काम गर्नका लागि साढे दुई महिना अघि पोखरेलकै संयोजकत्वमा गठित संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी)मा सारिएको हो ।

योसँगै सीसीएमसी थप सशक्त बन्न पुगेको छ भने त्यसमा आवद्ध भएर सुरुदेखि नै कोभिड–१९ को प्रतिकार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आएको नेपाली सेनाको कार्यभार पनि बढेको छ। सरकारका एक मन्त्रीका अनुसार पछिल्लो पटक बसेको मन्त्रिपरिषद् बैठकले उच्चस्तरीय समन्वय समिति विघटन गर्ने निर्णय गरेको हो। तर यसबारे सरकारले औपचारिक जानकारी सार्वजनिक गरेको छैन।

सीसीएमसीमा रहेर कोभिड(१९ रोकथाम, नियन्त्रण र उपचारलाई चुस्त, पारदर्शी बनाउने कार्यमा सेनाले सक्रियता देखाएका बेला त्यसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका केही अधिकारीहरु असहयोगी बनेका थिए। बढ्दै गएको कोभिड(१९ बाट संक्रमण नियन्त्रण कार्य सीसीएमसीमबाट एकिकृत रुपमा काम गर्न र नदोहो¥याउन उच्चस्तरीय समन्वय समिति विघटन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू