अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०१ | Colorodo: 04:16

विश्व खाद्य स्वच्छता दिवस मनाईदै, सन्तुलित आहारले कोभिड–१९ प्रतिरोधी क्षमता बढ्ने बिज्ञको भनाई

बिआरटीनेपाल २०७७ जेठ २४ गते २२:०९ मा प्रकाशित

आज विश्व खाद्य स्वच्छता दिवस, ‘खाद्य पदार्थमा स्वच्छता – हामी सबैको प्रतिबद्धता’ भन्ने नाराका साथ मनाइँदैछ । दिवसका अवसरमा विज्ञहरुले कोभिड–१९ को सङ्क्रमणको जोखिमबाट बच्न सुरक्षित र गुणस्तरीय भान्साका आवश्यक सुरक्षाका उपाय अपनाउन सुझाव दिएका छन् । खाद्यान्नबाट मानिसमा कोरोना सङ्क्रमण भएको अहिलेसम्म कुनै प्रमाण नभेटिएको भन्दै विज्ञले लकडाउन खुकुलो भएको अवस्थामा उपभोक्ता र बिक्रेताले अझ बढी सजग र सतर्क हुन आवश्यक रहेको बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर गङ्गा खरेलले खाद्य पदार्थमा स्वच्छता कायम गर्न नसकिएको खण्डमा गरिब र निमुखा नागरिक नै त्यसको मारमा पर्ने बताउनुभयो । खरेलले सबैखाले स्वास्थ्य खाद्यान्न र फलफूलको सन्तुलित आहारले कोभिड– १९ सँग प्रतिरोध गर्ने क्षमता विकास गर्ने जानकारी दिनुभयो ।

दश जनामध्ये एक जनालाई खाद्यान्नकै कारण रोग लाग्ने गरेको विज्ञको भनाइ छ । सरसफाई र खानपानमा ध्यान दिनसके कोरोनालाई जित्न सकिने पनि विज्ञले बताएका छन् । नेपालमा विगत १२ वर्षदेखि खाद्य स्वच्छता दिवस मनाउने गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू