अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१३ | Colorodo: 21:28

कोरोनाले २० लाखसम्म नेपालीको रोजगारी गुग्छ – पुर्व श्रममन्त्री विष्ट

बिआरटीनेपाल २०७७ जेठ २४ गते ६:४७ मा प्रकाशित

पूर्वमन्त्री गोकर्ण विष्टले कोरोना भाइरस संक्रमणका कारण १५ देखि २० लाख नेपालीले रोजगारी गुमाउने बताउनु भएको छ । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै पूर्व श्रममन्त्री विष्टले कोरोनाका कारण विश्व श्रमबजारमा ठूलो चुनौती थपिएको बताउनु भयो ।

विश्वमा ३० करोड ५० लाख जनशक्ति कामबाट बाहिरिएको अवस्थामा १६ देखि २० लाख नेपाली रोजगारीबाट बाहिरिने संकट रहेको उहाको भनाई थियो । यसको ब्यवस्थापनमा सरकार लाग्नुपर्ने बिष्टले बताउनुभयो । उहाँले कसरी देशमा रोजगारीलाई कायम गर्न सकिन्छ भन्नेमा सोच्न आवश्यक रहेको बताउँदै कृषिमा रोजगारीको संभावना धेरै रहेको प्रष्ट पार्नुभयो । सरकारले कृषि उत्पादनमा कसरी आत्मनिर्भर हुन सकिन्छ त्यो कुरामा जोड दिन आवश्यक रहेको उहाँको भनाई थियो ।

विष्टले श्रमिकलाई केन्द्र, प्रदेश र स्थानीय तहले दक्ष र पुनःदक्ष बनाउन नसकिए काम नपाउने अवस्था रहेको बताउँदै काम र जनशक्तिको बीचमा समन्वय हुन नसक्दा बेरोजगार हुने अवस्था रहेको बताउनु भयो । वैदेशिक रोजगारीमा गएका नेपालीलाई नेपालमा उद्धार गर्न आवश्यक रहेको बताउँदै उहाँले नेपालमा उनीहरुका लागि रोजगारी सिर्जनामा ध्यान दिन सरकारलाई सुझाव दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू