अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१८ | Colorodo: 05:33

धरानमा आगलागीमा परेर आमाछोरीको मृत्यु

बिआरटीनेपाल २०७७ जेठ २२ गते ७:१९ मा प्रकाशित

धरानमा आज भएको आगलागीमा परेर आमाछोरीको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–१५ स्थित नरबहादुर श्रेष्ठको घरमा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो ।

विद्युत सर्ट भएर आगो लागेपछि खाना पकाउने ग्यास पड्किएर नरबहादुरकी श्रीमती धनमाया श्रेष्ठ र उनकी छोरी सीताकोे जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक ढुंडिराज न्यौपानेले जानकारी दिनुभयो ।

नगरपालिकाको दमकल प्रहरी र स्थानीय वासिन्दाले आगो नियन्त्रणमा लिएका छन् । आगलागी परि गरगहनालगायत घरका सामानहरु समेत जलेर नष्ट भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू