अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३९ | Colorodo: 08:54

हाइड्रोक्सी क्लोरोक्वीन औषधिको विषयमा डब्लुएचओले आज निर्णय गर्ने

बिआरटीनेपाल २०७७ जेठ १९ गते २२:२४ मा प्रकाशित

विश्व स्वास्थ्य संगठनले अस्थायी रुपमा प्रतिबन्ध लगाएको हाइड्रोक्सीक्लोरोक्वीन औषधिको विषयमा आज निर्णय गर्ने भएको छ । संगठनले हाइड्रोक्सीक्लोरोक्वीनको परीक्षण कोरोना संक्रमितको उपचारका लागि फाइदाजनक नभएको भन्दै प्रयोग नगर्न अस्थायी रुपमा प्रतिबन्ध लगाएको थियो ।

संगठनले औषधिमाथिको प्रतिबन्धलाई निरन्तरता दिने वा फुकुवा गर्ने विषयमा अन्तिम निर्णय गर्ने भएको हो । मलेरियाका बिरामीलाई दिइने यो औषधि कोरोना संक्रमित बिरामीका लागि फाइदाजनक नहुने भन्दै वैज्ञानिकहरुले सुझाव दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू