अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०३ | Colorodo: 18:18

जनता समाजवादीद्धारा संविधान संसोधन बिधेययक दर्ता

बिआरटीनेपाल २०७७ जेठ १९ गते २२:१९ मा प्रकाशित

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीले संविधान संशोधन विधेयक दर्ता गरेको छ । हिजो राजपाका नेता लक्ष्मणलाल कर्णसहितको टोलीले संघीय संसद सचिवालयमा गई संशोधन विधेयक दर्ता गराएको हो । यसअघि गत शुक्रबार संसदले उनीहरुको संशोधन विधेयक दर्ता गरेको थिएन ।

त्यतिबेला संघीय संसदका महासचिव भरतराज गौतमले सभामुखसँग परामर्श गर्ने भनी फर्काउनुभएको थियो । आज भने उहाँले विधेयक दर्ता गर्नुभएको छ । विधेयक दर्ता गरेपछि नेता कर्णले सत्तारुढ दलले आफूहरुको विधेयकमा समर्थन नगरे आफूहरु पनि सरकारले ल्याएको विधेयकमा समर्थन नगर्ने बताउनुभयो । नेता कर्णले आफूहरुको विधेयकलाई नेपाली कांग्रेसले पनि समर्थन गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू