अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५६ | Colorodo: 22:11

‘नेपालको संसदमा भारतीय चेलीहरुले दादागिरी गर्न थाले’– सांसद् गंगा चौधरी

बिआरटीनेपाल २०७७ जेठ १९ गते ७:२३ मा प्रकाशित

प्रतिनिधिसभाका सांसदहरुले सीमा विवाद समाधान र रुकुम घटनाको छानबिन लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्ने सांसदहरुले रुकुममा भएको अमानवीय घटना र सीमा विवाद समाधानको विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद गंगा चौधरी सत्गौवाले नेपालको संसदमा भारतीय चेलीहरुले दादागिरी गर्न थालेको बताउनुभयो । अनुदानसँग जमिन, स्वाभिमान र राष्ट्रियता कुनै पनि हालतमा साँट्न नसकिने उल्लेख गर्दै उहाँले नेपालभित्र भारतको दादागिरी, नमिचिएको ठाउँ र नमिचिएको गाउँ नरहेको उहाको भनाई थियो । पछिल्लो समय भारतीय चेलीहरुको सदनभित्र पनि दादागिरी चल्न थालेको उहाको भनाई छ ।

सांसद अतहर कमाल मुसलमान लगायतकाले लिम्यिाधुरा, लिपुलेक र कालापानी समेतको नक्सा जारी गरेपछि सरकारले भूमिमाथिको स्वामित्व ग्रहण गर्नुपर्ने बताउनुभयो । नक्सा मात्रै जारी गरेर नहुने उल्लेख गर्दै उहाँले दार्चुला तिंकर सडकको ८७ किलोमिटर ट्रयाक खोल्ने काम अझै हुन नसकेको उल्लेख गर्नुभयो ।

सांसद गगन थापाले संविधानले स्वतन्त्रता, समानता, आत्मसम्मान, बाँच्न पाउने हक, मर्यादित जीवन जिउन पाउने हक, छुवाछुत तथा भेदभाव विरुद्धको हक र दलितको हकका कुराहरु लेखिएपनि रुकुम घटनाले लज्जित बनाएको बताउनुभयो ।

सांसद गौरी शंकर चौधरीले लक डाउनको कारण आत्महत्याको घटना बढिरहेको प्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । अझै विदेशबाट आउनेहरुको व्यवस्थापन गर्न सक्ने अवस्था नभएर अपराधिक घटनाहरु बढ्न सक्ने उहाको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू