अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०६ | Colorodo: 10:21

कोभिड–१९ का कारण विश्वभर ३ लाख ८८ हजार ४ सय १९ को मृत्यु, ६५ लाख ९६ हजार ३ सय ८२ संक्रमित

बिआरटीनेपाल २०७७ जेठ १८ गते २१:५६ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर ३ लाख ८८ हजार ४ सय १९ जनाको मृत्यु भएको छ । पछिल्लो अपडेट अनुसार कोरोनाबाट ६५ लाख ९६ हजार ३ सय ८२ जना संक्रमित भएका छन् । कोरोना संक्रमित ३१ लाख ८७ हजार ८ सय ८९ जना उपचारपछि निको भएका छन्। कोरोना संक्रमित ५४ हजार २ सय २९ जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको छ ।

कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा १ लाख ९ हजार १ सय ५९, इटालीमा ३३ हजार ६ सय १ , स्पेनमा २७ हजार १ सय २८ , फ्रान्समा २९ हजार २१ , बेलायतमा ३९ हजार ७ सय २८ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ८ हजार ७१, जर्मनीमा ८ हजार ६ सय ९९ , बेल्जियममा ९ हजार ५ सय ४८, ब्राजिलमा ३२ हजार ५ सय ६८, रसियामा ५ हजार ३ सय ८४ र क्यानडामा ७ हजार ४ सय ९८ जनाको ज्यान गएको छ।

कोरोना संक्रमणका कारण सार्क मुलुकहरुमध्ये भारतमा सवैभन्दा बढी ६ हजार ९१ , पाकिस्तानमा १ हजार ७ सय ७० , बंगलादेशमा ७ सय ८१ जनाको ज्यान गएको छ । अफगानिस्तानमा ३ सय , श्रीलंकामा ११ र माल्दिभ्स्मा ७ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ४७ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू