अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०० | Colorodo: 09:15

रुसको राष्ट्रपतिमा भ्लादिमिर पुटिनद्धारा पाँचौँपटक शपथ ग्रहण

बिआरटीनेपाल २०८१ वैशाख २५ गते ६:३० मा प्रकाशित

रुसको राष्ट्रपतिमा पाँचौँपटक भ्लादिमिर पुटिनले शपथ लिनुभएको छ । युक्रेनमा रुसको युद्धका कारण संयुक्त राज्य अमेरिका र अन्य धेरै पश्चिमी देशहरूले पुटिनको शपथ समारोहलाई बहिष्कार गरेका थिए। पुटिनले मंगलबार नयाँ ६ वर्षको कार्यकालको सपथ ग्रहण गर्नुभएको छ । पुटिन सन् १९९९ देखि राष्ट्रपति वा प्रधानमन्त्रीको रूपमा सत्तामा हुनुहुन्छ। उहाँको यो राष्ट्रपतिको पाँचौं कार्यकाल हुनेछ।उहाँले दुई जना विपक्षी उम्मेदवारका बिचमा भारी मतका साथ जित हासिल गर्नुभयो ।

७१ वर्षको उमेरमा पुटिनले घरेलु राजनीतिक परिदृश्यमा प्रभुत्व जमाउनुभएको छ । अन्तर्राष्ट्रिय मञ्चमा पुटिन पश्चिमी देशहरूसँगको टकरावमा रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू