अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१४ | Colorodo: 18:29

इजरायली सेनाद्वारा गाजाको रफाह क्रसिङ नियन्त्रणमा

बिआरटीनेपाल २०८१ वैशाख २६ गते ६:१० मा प्रकाशित

इजरायली सेनाले गाजा र इजिप्टको बीचमा रहेको रफाह नाका नियन्त्रणमा लिएको छ । इजरायलले नाकाको प्यालेस्टाइन तर्फको भाग कब्जामा लिएको हो । गत अक्टोबरमा इजरायल र हमास बीचको युद्ध सुरु भएदेखि नै रफाह नाका मानवीय सहायता ओसारपसारका लागि मुख्य प्रवेश बिन्दु थियो । यही नाका गाजापट्टीबाट भागेर अन्यत्र शरण लिन जानेहरुको एक मात्र निकास पनि थियो । इजरायलले रफाह शहरका आक्रमण थालेको २४ घण्टामै यो नाका पूर्णरुपले नियन्त्रणमा लिएको हो ।

केरेम शालोम नामले चिनिने यो नाका पनि बन्द भएपछि संयुक्त राष्ट्रसंघले गाजाका दुई मुख्य सहायता धमनीहरू अब निसासिएको चेतावनी दिएको छ । मंगलबार मात्रै अमेरिकाले यो नाका बुधबारबाट पुन संचालनमा आउने जानकारी गराएको थियो । सोमबार इजरायली सेनाले दशौं हजार नागरिकहरूलाई रफाह सहरको नजिकैको पूर्वी भागहरू खाली गर्न आदेश दिएलगत्तै कारबाही थालेको थियो । । इजरायली सेनाले कम्तीमा २० विद्रोही मारेको पनि बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू