अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१२ | Colorodo: 16:27

आफूले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोपले रगत जम्ने समस्या ल्याएको एस्ट्राजेनेकाको स्वीकार

बिआरटीनेपाल २०८१ वैशाख २६ गते ५:३६ मा प्रकाशित

खोप निर्माता कम्पनी एस्ट्राजेनेकाले आफूले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप विश्वव्यापी रूपमा फिर्ता लिन शुरु गरेको छ ।आफूले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोपले मानिसमा रगत जम्ने र रगतमा प्लेटलेट्स घट्ने समस्या देखिन सक्ने स्वीकार गरेलगत्तै कम्पनीले खोप फिर्ता गर्न थालेको सामाचार संस्था रोयटर्सले जनाएको छ । खोप वितरण शुरु भएको केही समयदेखि नै खोपका कारण रगत जम्ने समस्या देखिने चर्चा भए पनि कम्पनीले पहिलो पटक स्वीकार गरेको हो ।

एस्ट्राजेनेकाले बेलायतको अक्सफोर्ड विश्वविद्यालयसँग मिलेर विकास गरेको खोपको प्रयोगले स्वास्थ्यमा गम्भीर असरसँगै मृत्युका घटनासमेत भएको भन्दै अघिल्लो वर्ष कम्पनीविरुद्ध बेलायतको उच्च अदालतमा मुद्दा परेको थियो । त्यही मुद्दाकाे सुनुवाइका क्रममा एस्ट्राजेनेकाले पहिलो पटक लिखित रूपमा खोपको ‘साइड इफेक्ट्स’ स्वीकार गरेको हो ।

डाक्टरहरूका अनुसार रगत जम्ने समस्याले रक्तसञ्चारमा अवरोध हुन गई शरीरका मुख्य अङ्ग मुटु र मस्तिष्कमा असर गर्छ । यसका कारण धेरैलाई हृदयाघात र मस्तिष्कघात हुने सम्भावना हुन्छ । यस्तो समस्या देखिनेमध्ये झन्डै २० प्रतिशतको ज्यान जाने गरेको छ । खोप लगाएपछि भएको यस्तो समस्यामा बेलायतमा मात्रै कम्तीमा ८१ जनाको ज्यान गएको आशङ्का छ । सन् २०२१ मा एस्ट्राजेनेका खोप लगाएका मानिसलाई असर देखिएपछि शुरुमा डेनमार्कले यो खोपको प्रयोगमा रोक लगाएको थियो । त्यसपछि अरू थुप्रै देशले पनि प्रयाेगमा रोक लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू