अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१२ | Colorodo: 16:27

इजरायलमा प्रधानमन्त्री नेतन्याहुको विरोधमा प्रदर्शन

बिआरटीनेपाल २०८१ वैशाख २६ गते ६:११ मा प्रकाशित

इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको विरोधमा प्रदर्शन भईरहेको छ । प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलसँगको युद्ध विरामको सम्झौताका सर्तहरू स्वीकार गरेको तर इजरायलले स्थायी युद्धविरामका सर्तहरू अस्वीकार गर्दै आएको भन्दै प्रधानमन्त्री नेतन्याहुको विरोधमा प्रदर्शन भईरहेको बीबीसीले जनाएको छ ।

यसअघि गाजाको रफाहमा इजरायलले झण्डै एक लाख जना मानिसलाई त्यहाँ छाडेर अन्य क्षेत्रमा जान आग्रह गरे लगत्तै हमास लक्षित आक्रमण गरिरहेको छ । १ सय २८ जना इजरायली बन्धकहरू हमासको नियन्त्रणमा छन् । बन्धकहरूको परिवारले तेलअविभमा विरोध प्रदर्शन गरेका हुन् ।

प्रधानमन्त्री नेतन्याहुलाई अन्तर्राष्ट्रियस्तरबाट पनि गाजामा भइरहेको कारबाही रोक्नुपर्ने सुझाव आइरहेको छ । इजरायलमा प्रधानमन्त्री नेतान्याहुको सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै लामो समयदेखि प्रदर्शन भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू