अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३५ | Colorodo: 04:50

नेपालसँगको असमझदारी आपसमा बसेर सुल्झाउँछौं – भारतीय रक्षामन्त्री राजनाथ सिंह

बिआरटीनेपाल २०७७ जेठ १७ गते ६:५२ मा प्रकाशित

नेपाल र भारतबीच सीमा क्षेत्रको भूभागको स्वामित्वलाई लिएर विवाद बढिरहेको बेला भारतीय रक्षामन्त्री राजनाथ सिंहले यसलाई दुई मुलुक बसेर समाधान खोज्ने बताउनुभएको छ । शनिबार एक भारतीय टेलिभिजन च्यानलमा अन्तर्वार्ता दिँदै उहाँले उक्त कुरा बताउनुभएको हो ।

टेलिभिजन प्रस्तोताले के चीनले नेपाललाई उकासी रहेको छ भनि सोधेको प्रश्नको जवाफमा उनले कसले उकासी रहेको छ भन्ने विषयमा अफूले आरोप नलगाउने, तर नेपालसँग कुनै फरक मत भएमा बसेर सुल्झाउने बताउनुभयो । चीनले भारतलाई नेपाल, श्रीलंका, माल्दिभ्सहुँदै चारैतर्फबाट घेर्न खोजेको हो भन्ने प्रश्नको जवाफमा उहाँले भारत कसैले घेराबन्दीमा पारेर वा डराउन खोजेर डराउने मुलुक नभएको बताउनुभएको छ ।

भारतीय रक्षामन्त्री सिंहले गत बैशाख २६ मा नेपालको भूभाग लिपुलेकहुँदै कैलाश मानसरोवर जोडने सडक भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेपछि दुई मुलुकबीच विवाद चर्किदै गएको छ। यस विषयमा नेपालले भारतीय राजदूतलाई बोलाएर कुटनीतिक नोट समेत बुझाइसकेको छ। भारतसँग वार्ताका लागि नेपालले गरेको प्रयासमा भारतले चासो नदेखाएपछि नेपालले भारतले अतिक्रमण गरेरको भूभाग समेटेर नयाँ नक्सा समेत सार्वजनिक गरिसकेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू