अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५७ | Colorodo: 23:12

लकडाउनको ५८ औँ दिन, मुलुकमा कोरोना संक्रमण झन बढ्यो

बिआरटीनेपाल २०७७ जेठ ७ गते ७:५१ मा प्रकाशित

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि सरकारले जारी गरेको लकडाउनको बुधबार ५८ दिन पुगेको छ । गत चैत ११ गतेदेखि जारी गरिएको लकडाउनको आज (बुधबार) ५८ दिन पुगेको हो । कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा सरकारले लकडाउनलाई थप कडाई पार्दै गएको छ ।

देशका अधिकांश स्थानमा लकडाउनलाई पालना गरिएको पाइएको छ । मुख्य सडकमा सवारी साधनको आवागमन न्यून देखिन्छ । सुरक्षाकर्मीले सवारी चेकजाँचलाई कडाई पारेका छन् । प्रशासनले जारी गरेको पास बिना सवारी चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिई कारबाही गरेको छ । अत्यावश्यक सेवा, ढुवानी सेवाका साधनहरु भने सञ्चालनमा आएका छन्।

यस्तै स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सञ्चारकर्मी लगायतका व्यक्तिका सवारी साधनलाई पनि सञ्चालन गर्न दिइएको छ । शहरका भित्रि सडक छेउमा रहेका अत्यावश्यक उपभोग्य वस्तुका केही पसलहरु खुलेका देखिन्छन् । मानिसहरु आफ्नो घर नजिकको पसल सम्म पुगेर उपभोग्य वस्तुहरु किनमेल गर्ने गरेका छन् । मुलुकमा लामो समय देखि लकडाउन हुँदा जनजीवन भने प्रभावित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू