अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१२ | Colorodo: 23:27

हाम्रो महाकाली

कवि डन कार्की २०७७ जेठ ५ गते १७:५७ मा प्रकाशित

पुर्खाले अर्जेको बृहत् नेपाल हामीले गुमायौँ
हाम्रा खुँडा खुकुरी तरबार सतलजमा धोएथ्यौं
वीरका सन्तान नेपाली हामी पर्‍यौ शत्रुको जालमा
त्यसैले भयो सुगौली सन्धि कम्पनीको दबाबमा ।

पश्चिमी नेपाल महाकाली हाम्रो मुटुको धड्कन हो
हाम्रा पुर्खाले तोकेको सीमा लिम्पियाधुरा नै हो
नेपाली हामी पछि पर्दैछौ देशको नक्सा कोर्नमा
एंग्लो इन्डिया सुगौली सन्धिले ध्यान गएन नक्सामा ।

हाम्रा पूर्वज शासक वर्ग सत्ताको खेलमा लाग्यौ
नक्सा बनाउन थर्थर् काँप्यौ देशको अस्मिता बिर्स्यौ
देशको प्राण लिम्पियाधुरा लिपुलेक बिर्सन खोज्यौ
त्यसैले हाम्रो मुटुको धड्कन कालापानी सुम्पन लाग्यौ ?

हामी नेपाली वीरका सन्तान मेची महाकाली जागौँ
हाम्रो भूमि एक इन्च पनि नछोड्ने वाचा गर्‍यौँ
शासक जागे समाज उठ्छ हाम्रो धड्कन बढ्छ
हाम्रो जोस हाम्रो होस राष्ट्रको हितमा आउँछ !

वीरका सन्तान ओजस्वी हामी नयाँ नेपाल गढ्छौ
नेपालै नरहे जनता हामी कुन देशका रैती बन्छौँ ?
त्यसैले आज मनको भाव जगज़ाहिर सबै गर्‍यौँ
सबैको मुटु एक ढिक्का गरी बैरीको नाश गर्‍यौ !

सीमा सुरक्षा अक्षुण्ण राख्न सवको साथ चाहिन्छ
त्यसैले हाम्रो अचुक शक्ति जनचेतना नै मानिन्छ
हाम्रा पुर्खाको दिवा सपना नेपाल बनोस् महान्
हाम्रो संप्रभु हाम्रो अधिकार विश्वमा नेपाली महान् ।

Los Angeles, California, USA

प्रतिक्रिया