अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४६ | Colorodo: 05:01

आफ्नो आफैसँग हराएको बिश्वास

राजेन्द्र श्रेष्ठ 'राज' २०७७ जेठ १ गते २२:०७ मा प्रकाशित

कविता;

कति परिवर्तन सिल दिनहरू र क्षणहरू,
आजको भोलि, दिनको क्षणमा बदलिने,
भर्खर सम्म मात्र महाभारतको डाँडो जस्तो उच्च विश्वास बोकेर हिँडेको म एक मान्छे,
भुमरीमा परिन्छ कि भन्ने त्रसित वातावरणमा कर्म थलोको शङ्कास्पद हेराइ हरूमा सान्त्वना दिन
हरेक कामदार हरूको निधारमा कोरोना पढाएर
विश्वास र आश्वासनको टहरो बनेको, उनीहरूको लागि
म एक विश्वास पात्र मान्छे,

तेती दरो आत्मविश्वासको पहाड पनि
मात्र एक फोन कल, काने खुसी, अनि ढलमल हुन्छ
चल्न थाल्छ पहिरो त्याहा !
सँगै हिँड्ने मित्रको सहयात्रीको क्लाइन्ट, कोरोना पोजेटिभ रे, भेटेकै अर्को दिनमा !
अनि बदलिन्छ अनायासै योजनाहरू
बोध भताभुङ्ग हुन्छ! खलबलिन्छ मन,
पलाउन थाल्छन् शङ्काहरू, बनमारा पलाए झैँ !
ढल्मलिन्छ आफ्नै दृढ विश्वासको टावर, अनायासै !
हल्लिन थाल्छन् विश्वासका ती मुरलहरु र ढल्छन्
धरहरा लरबरिंदै ढले जस्तो गरी !
खुल्ला आकाश, अनायासै तुवाँलो परेको आभास हुन्छ !
चौध दिन सेल्फ क्वारेनटाइनमा बस्नु पर्ने
इन्कुबेसन पेरियोड !

प्रकाशको गतिमा छोडिन्छन् कार्यालय,
छाडिन्छन् ती उत्तरदायित्वहरू पछाडि र
पुगिन्छ आ-आफ्ना गन्तव्य स्थान !
सुरु हुन्छ सेल्फ क्वारेनटाइन नियमानुसार!
आफ्नो भित्र, आफ्नो बाहिर लक्षण खोज्ने कर्म सुरु हुन्छ !
आफ्नै भित्र र आफ्नो वरिपरि शङ्का,
परिवारका सदस्यहरूबाट छुट्टै एउटा
शङ्काहरूको बिचमा घेरिएको अनुभूति!
पग्लँदै गरेको मेरो दृढ विश्वास,
पत्याउने र नपत्याउनेको बिचमा झर्छ,
नपत्याउनु पनि कसरी- कोरोना तान्दैलाई !
हजारौँ, लाखौँलाई कुना कुना बाट गरेको
अवस्थम, बौलाएको बाढीले किनारा ताने जसै!
लाखौँलाई लक्षण र करोडौँ, अरबौँ विश्व मानवलाई
त्रासदीमा डुबाइ सकेको वर्तमान परिवेशमा !
खरबौँको विनाश तथा भयङ्कर आर्थिक मन्दीको सङ्केत अगाडी उभिएको स्थितिमा, कसरी नगर्ने विश्वास !
बग्दै थियो विश्वासहरू कतै पसिना भएर!
प्रस्ट गुन्जिरहेका थियो कानहरूमा
आँखाका नदीहरूले भिजाइ रहेका दिनहरू वरपर,

अनायासै मुहार छुन पुगे, शङ्का लाग्यो,
नाक चिल्चिलायो, मसार्न खोजे, शङ्का लाग्यो, रोकेँ
विश्वास लागेन आफ्नै हातको
नियम पुर्‍याएर धोइएका यी हातहरूले ढोका, भित्ता
छोइदा जो शका सल्क्यो, सोचे
बनको बाघले नखाए पनि मनको बाघले खाने पक्का लाग्यो !
भय ग्रस्त पाए आफूलाई !
आङमा आएर लुटुपुटु गर्ने सन्तान लाई टाढा राखेर
बसेको मेचमा नबस्नु, छुएको नछुनु भन्दा,
नौलो, अनौठो, अस्वाभाविक र अप्ठेरो अनुभूति !
अविश्वासको नजरले हेर्न लागे उनीहरू पनि
लाग्यो मैले मेरो विश्वास हराउँदै छु,
लाग्यो म आफै आफ्नो तेह्र दिने बसी रहेछु !
विश्वमा लकडाउनमा बस्ने सबैको हाल यस्तै त होला!

आफ्नो आफैसँग यसरी हराऊँ छ विश्वास भने
अरूको आफू पर्ती र आफ्नो अरू पर्ती रहन्छ कसरी विश्वास ?
श्रीमतीले श्रीमान् प्रति, श्रीमानले श्रीमती प्रति,
पार्टनरले अर्को पार्टनर प्रति,
एक सहकर्मीले अर्को सहकर्मी पर्ती विश्वास हराएको वातावरण !
तोकियो छ फुटको दुरी,
हरायो अकंमाल आलिङ्गनहरू
हराए सार्वजनिक ती हग र चुम्बनहरू,
हराए हात मिलाउने चलन र हाई फाइबहरू,
आए हाम्रा सनातनी अभिवादन नमस्कार !
ल्यायो शङ्कै शङ्काको वातावरण यो भाइरसले
हरायो विश्वास आपसमा,
हरायो विश्वास समाज समाज बिच,
राज्य राज्य बिच र अन्ततः सारा विश्वमा अविश्वासको तुवाँलो फैलिर्यो !
लाग्छ, कोभिड-उन्नाइस यै अविश्वास र अहमताको उपज हुनु पर्दछ ।
एकल विश्व आर्डरले रचेको !

सयौँ वर्ष पुरानो भविष्य वाणीहरू,
त्यसै अनुमानसँग मिल्ने वर्ष वर्षमा निस्कने महामारीहरू,
गजब हिसाब किताबहरू, योजना जस्तै जस्तै !
थुप्रै सरकारहरूको पछाडि कुनै अर्को सरकार हुनु पर्छ !
जसले मानव सभ्यताकै विरुद्ध खेल मच्चाउँदै आएको छ !
बर्षौ वर्ष देखी !
खोज्दै छु विश्वास ! सिनेमा जस्तै भा छ सन्सार आज
जो दशक पहिले बनी सकेको थियो !
निसास्सिएको छ सत्यता ! बेसहारा छन् मानव अहिले
सलट्टर फेक्टरीमा पालो पर्खिरहेका निरीह प्राणीहरू जस्तै !
मान्छे रूप धारण गरेका कुनै राक्षसहरूको नियतले,
भेटिन्नन् अब विश्वासका डालीहरू,
रहेनन् विश्वासका पँधेरोहरू पनि कतै ! त्यसैले लाग्छ
आफ्नो विश्वास आफैँसँग हराएको छु !

मात्र एउटा अदृश्य जीवाणुको उपजले
संसार विश्व युद्धमा छ, सकेको छैन जित्न अझै
कुनै जादु टुना काम लागेनन्
ती असंख्यक तोप, ट्याङ्क तथा अत्याधुनिक जेटहरू थन्किएका छन्,
मौन छन् ती स्टार वार र मार्स ताक्ने विज्ञानहरू
चुपचाप छन् आधुनिक अस्त्रहरू, क्षत्प्रयास्तरहरू
संसार नियन्त्रण गर्न खोज्ने शक्तिहरू ठिङ्गरिएका छन्
विज्ञान, वैज्ञानिकहरू अलमलमा छन्
कता हराए महत्त्वहरू मानव सुरक्षाका!

जावा, एउटा अदृश्य जीवाणुलाई रोक्न नसक्ने विश्व !
किन जोरी खोज्नु आपसमा पहाडहरू,
खोइ बच्ने उपाय र औषधीहरू?
सिँचाई रोकेर बगैँचा बगेको छ आगोमा! उपचार?
कुन उपचार, औषधी बिनाको ?
किन हुन्छन् उत्पादन जैविक हतियारहरूको, जसको उपचार छैन !
आवाज विहीन नियत पड्किएर धुवाँ बलिरहेछ संसार!
लागेका छन् विश्व यसको खोजमा,
उभिएको छ एउटा भाइरस सारा विश्व विरुद्ध
सकिरहेको छैन जित्न!
जित्ने केही फर्किन्छन्,
हार्ने एक एकोहोरो बाटोमा भेन्टिलेटर च्याइ रहेछन्!
जस्ताको तस्तै भविष्यवाणीको चित्र बजारमा यथावत्,
हुँदा हुँदै हारी रहेछन् मान्छे!
बनेको खोइ, यसबाट हुने आपत्तिमा सुरक्षाको भर्‍याङ ?
शक्तिको उन्मादमा आ-आफै पोलिँदै छन् नियति !
खोइ मठ मन्दिर, चर्चका पुजारीहरू, पादरीहरूको मन्त्र ?
खोइ संसार जित्ने ज्ञान विद्हरू, योद्धाहरू!

लाग्छ विज्ञान पछि कुदेको छ, मानव संरक्षणको लागी !
अघि कुदेको छ मानव संहारको तरिका खोजी कार्यमा!
प्राय विश्व स्तब्ध छ, विश्व मानव आक्रान्त छ,
गुमाइ रहेछ लाखौँले ज्यान ! करोडौँले काम,
अरबौँले नीद बन्द छ मानव गति
अन्त हुदैछ विश्व अर्थ तन्त्र!

मात्र कसैको नियति, कसैको बेहिसाबी चलको परिणामले!
छैन विश्वास संसार सँग पनि अब!
विश्वासको स्खलनको बाढी गइरहेछ,
विश्वास सँग सँगै दुनियाँ हताहत भइरहेछन्,
मौन सहर हेरिरहेछ टुलुटुलु,
चकमन्न छन् पार्क, बगैँचा, बिचहरू,
थुनिएका छन् मानव सभ्यता, आ आफ्नै खोपीमा !
फैलाइएको छ डर, अफसोस !
जो जहाँ सङ्क्रमित भइसके,
लक्षण देखि सके वा सङ्क्रमित भएको शङ्कामा
आफू आफै छुट्टिएर क्वारेनटाइनमा बस्नु पर्ने, लक्षण कुरेर !
जुन परिवेशमा सन्त्रास ले आधी वजन घटी सकेको स्थितिमा,
आधा आधीको मौका रहन्छ जीवन बाँच्ने, बचाउने !
जीवाणुसँग सामना गर्ने क्षमतामा भर पर्ने
अगाडीको जीवन मरण ठेगाना नरहने
पुग्न सक्छ जीवन भेन्टिलेटरको दोसाँध सम्म
जुनको अगाडी बाट शरीरको इम्यून सिस्टम
बाहिर बाट कोरोना ! चल्छ हप्तौँको तानातान
इम्यून सिस्टमले हत्यार पाए फर्किने जीवन,
नत्र भेन्टिलेटर हुँदै सकिने बेसहारा जीवन!

खै बाँच्ने अधिकार! खै स्वस्थ रहने अधिकार!
कसको आस गर्ने मानवले अव?
कसको भर पर्ने? कसको विश्वास गर्ने? यति खेर!
हरायो, हराएर गइरहेछ विश्वास!
आ-आफुले आफ्नै विश्वास हराइरहेको बेला !
खोज्दै छु!
खोज्दै छु आफ्नो आफैसँग हराएको विश्वास !

नोट: (यो विश्व मानवले भोग्नु परिरहेको कोभिड-19 को जटिलो परिस्थितिमा हामी सबैसँगै छौ ! धैर्यता पूर्वक नियममा पालन गरेर आफुपनि सुरक्षित बसौँ । अरूलाई पनि सुरक्षित राखौँ !)

न्यु जर्सी, अमेरिका

प्रतिक्रिया