अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५३ | Colorodo: 11:08

नेपाल प्रहरीमा डिआइजी बढुवाका लागि १० जनाको नाम सिफारिस

बिआरटीनेपाल २०७६ चैत २८ गते २१:४९ मा प्रकाशित

नेपाल प्रहरीको नायब महानिरीक्षक (डिआइजी)को बढुवा सिफारिसमा १० जनाको नाम सिफारिस गरिएको छ । शुक्रबार बसेको बढुवा समितिको बैठकले १० जना एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस गरेको हो ।

जसअन्तरग एसएसपी धनश्याम अर्याल पहिलो नम्बरमा पर्नुभएको छ भने प्रकाशजंग कार्की दुई नम्बरमा डीआईजी बढुवाका लागि सिफारिस हुनुभएको छ । एसएसपी, बसन्तकुमार पन्त,ईश्वरबाबु कार्की, सहकुल बहादुर थापा, धिरजप्रताप सिंह, बसन्तकुमार लामा,रविन्द्रबहादुर धानुक,उत्तम सुवेदी र अरुण कुमार बिसी बढुवा पनि सिफारिसमा पर्नुभएको छ ।

दरबन्दी खाली रहेको दुई महिनापछि डीआईजीमा बढुवा सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीको दरबन्दी १४ जना कायम गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू