अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०४ | Colorodo: 01:19

मेडिकल सामग्री खरिद प्रकरणमा अनियमितता गरेको आरोप लागेकालाई जिम्मेवारी मुक्त गर्न काँग्रसको माग

बिआरटीनेपाल २०७६ चैत २१ गते ७:४२ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमण नियन्त्रणका लागि अत्यावश्यक मेडिकल सामग्री खरिद प्रकरणमा अनियमितता गरेको आरोप लागेकालाई जिम्मेवारी मुक्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्नुभएको छ ।

सभापति देउवाले आज विज्ञप्ति निकालेर मेडिकल सामाग्री खरिदमा ढिलासुस्ती र अनियमिततामा सामेलहरुलाई जिम्मेवारीमुक्त गरी अनुसन्धान र कारबाही प्रक्रियालाई सघाउन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको हो ।

अत्यावश्यक सामग्री खरिदमा ढिलाइ, टेन्डर प्रक्रियाको अपारदर्शिता, बढी मूल्य निकासा गराएर राज्य कोषमा गरिएको भ्रष्टाचार एवं विश्व स्वास्थ संगठनको मापदण्ड विपरीतको कमसल सामग्री खरिद जस्ता आपत्तिजनक र लज्जास्पद घटना कुनैपनि दृष्टीले माफी योग्य नरहेको देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू