अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१२ | Colorodo: 01:27

बिरामी नभएको अवस्थामा मास्क लगाउन जरुरी छैन् – डब्लूएचओ

बिआरटीनेपाल २०७६ चैत १९ गते २२:४६ मा प्रकाशित

‘तपाईं के कोरोना भाइसबाट बिरामी हुनुहुन्छ ? वा त्यस्ता बिरामीको उचारमा खटिनुभएको छ ? दुवै छैन भने मास्क नलगाउनुहोस्।’ आम मानिसले मास्क लगाउँदैमा कुनै फाइदा पुगेको प्रमाण नभएको बरु सबैले मास्क लगाइदिँदा र लगाउने तरिका नजान्दा दुरुपयोग भएका घटना प्रशस्त भेटिएको विश्व स्वास्थ्य संगठनले प्रष्ट पारेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को स्वास्थ्य आकस्मिकता कार्यक्रमका कार्यकारी निर्देशक डा. माइक रायनले स्विट्जरल्यान्डमा एक मिडिया ब्रिफिङमा भनेका छन्, “कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी प्रत्येक सेकन्ड भाइरस संक्रमणको अति जोखिममा छन्, त्यसैले माक्सको आवश्यकता आम मानिसभन्दा उनीहरुलाई हुन्छ” ।

मास्क र अन्य औषधिजन्य वस्तुको अभाव विश्वव्यापी रूपमै अत्यधिक रूपमा खड्किएको उल्लेख गर्दै उनले भनेका छन् , ‘सौचौं त, तिनलाई मास्क भएन भने हालत के होला ?’

त्यसैगरी डब्लूएचओकी संक्रामक रोग विशेषज्ञ डा. मारिया भान केरखोभले जसलाई मास्क अत्यावश्यक छ तिनलाई प्राथमिकता दिनुपर्ने बताएकी छन्। ‘ती भनेका स्वास्थ्यकर्मी हुन्’, उनले भनिन्, ‘समुदायका कसैलाई पनि हामी बिरामी नभएको अवस्थामा मास्क लगाउन सल्लाह दिँदैनौं।’

बिरामी भएर घरमा आराम गरिरहेका र तिनको स्याहारमा खटिएका व्यक्तिलाई पनि मास्क अनिवार्य लगाउन डब्लूएचओले सिफारिस गरेको छ। डब्लूएचओले अघिल्लो साता विश्वभर पीपीईलगायत स्वास्थ्य सामग्रीको अभाव खड्किँदै गएको ध्यानाकर्षण गराएको थियो। स्वास्थ्यकर्मीका लागि मास्क, पञ्जा, गाउनलगायतका सुरक्षा सामग्री अभाव थामिनसक्नु रहेकोबारे सबै जानकार हुनैपर्ने मारियाको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू