अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१८ | Colorodo: 19:33

कोभिडको महामारी बिरुद्ध सरकारले जिल्ला स्तरमा पनि काम गर्ने

बिआरटीनेपाल २०७६ चैत १९ गते ७:३१ मा प्रकाशित

सरकारले कोभिड–१९ महामारीविरुद्ध तीनै तहका सरकारसहित जिल्ला स्तरमा पनि काम गर्ने जनाएको छ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा कोरोना सङ्कट व्यवस्थापन समिति सीसीएमसीको पहिलो बैठकले अब प्रदेश सरकार, स्थानीय सरकार र जिल्लास्तरमा पनि एक्सन टिम बन्ने र कुनै पनि आपतकालिन अवस्थामा तत्काल आवश्यक सबै काम गर्ने निर्णय गरेको हो ।

कमिटीका सदस्य संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले नेपाली सेनाका हेलिकप्टर कुनै पनि अवस्थाका लागि तयारी हालतमा राख्ने र आवश्यक जुनसुकै परिस्थितिमा तत्काल एक्सन गर्ने गरी कमिटीले योजना बनाउने बताउनुभयो । यसअघि उपप्रधानमन्त्री पोखरेलकै नेतृत्वमा गठित उच्चस्तरीय समन्वय समितिले नीतिगत निर्णय गर्ने र सीसीएमसीले एक्सनमा काम गर्ने मन्त्री त्रिपाठीले बताउनुभयो ।

कमिटीमा गृहमन्त्री रामबहादुर थापा बादल, संघीय मामिला मन्त्री हृदयेश त्रिपाठी, स्वाथ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, अर्थमन्त्री डा.युवराज खतिवडा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट लगायत स्वास्थ्यकर्मी सहितको प्राविधिक टिम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू