अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३३ | Colorodo: 00:48

लकडाउनको दोस्रो चरण सुरु हुँदा पनि मानिसहरुको आवत जावत रोकिएन

बिआरटीनेपाल २०७६ चैत १८ गते २२:३१ मा प्रकाशित

मुलुक लकडाउनमा गएको पहिलो चरण सकिएर आजबाट थप गरिएको समय सुरु भए पनि मानिसहरुको आवातजावत रोकिएको छैन । स्वदेश फर्किनका लागि दशगजा क्षेत्रसम्म पुगेका नेपाल र भारत दुवै देशका नागरिकलाई जो जहाँ छन् त्यही देशको सरकारले व्यवस्थापन गर्ने सहमति भएको छ ।

दुवै देशबीच माथिल्लो तहमा भएको कुराकानी र स्थानीयस्तरमा भएको छलफलपछि सीमा खोल्दा संक्रमणको जोखिम बढ्ने भएकाले यस्तो सहमति गरिएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले बताउनुभयो ।

धारचुला क्षेत्रमा रहेका करिब एक हजार नेपालीहरुलाई भारतीय पक्षले क्वारेन्टाइनमा राखेका छन् । अर्को सहमति नभएसम्म नेपालीहरुलाई भारतमै क्वारेन्टाइनमा राखिने धारचुला क्षेत्रका उपजिल्ला अधिकारी अनिल कुमार सुक्लले बताउनुभयो ।

धारचुला क्षेत्रमा चार ठाउँ र जौलजिबीमा एक ठाउँ गरी नेपालीहरुलाई पाँच ठाउँमा राखिने छ । तर नेपाल भारत सीमानामा पुगेका नेपालीले भने आफूहरूलाई नेपाल आउने वातावरण बनाउन आग्रह गरेका छन् । भारत र अन्य मुलुकबाट आएकाहरुलाई क्वारेन्टाइनमा राख्न सकिएको छैन । नेपाल आउनेको संख्या लाखौ छ भने क्वारेन्टाइनमा सयको संख्यामा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू