अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१९ | Colorodo: 21:34

पोखरामा कोरोनाभाइरसको परीक्षण सुरु

बिआरटीनेपाल २०७६ चैत १८ गते २२:३२ मा प्रकाशित

पोखरामा मंगलबार बाट कोरोनाभाइरसको परीक्षण सुरु भएको छ । काठमाडौंबाट प्राविधिकसहितको टोलीले ‘पीसीआर मेसिन’ पोखरा ल्याएर जडान गरेपछि परीक्षण सुरु भएको हो । पाँचओटा मेसिनमध्ये काठमाडौंमा राखिएको ‘स्टक’ मेसिन पोखरा ल्याएर काम सुरु गरिएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

यसैबीच, ‘लकडाउन’पछि अतिविपन्न वर्गलाई लक्षित गरी पोखरा महानगरपालिकाले राहत वितरणका लागि भन्दै दुई करोड ४८ लाख ५० रुपैयाँको राहत कोष स्थापना गरेको छ ।

तर, राहत लिनका लागि विपन्न वर्गका नागरिकले निकै झन्झटिलो भएको बताएका छन् । लकडाउनको आठौं दिन पोखरा सुनसान देखियो । अत्यावश्यक काममा बाहिर निस्कनका लागि ‘पास’ लिन जिल्ला प्रशासन कार्यालयमा जानेहरु बढेका छन् ।

सोमबारसम्म प्रशासनले पास वितरण गरेपनि ‘माथिको आदेश’ भन्दै मंगलबारबाट पास वितरण नगर्दा समस्यामा परेको सर्वसाधारणको गुनासो छ । कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले एक जिल्लाबाट अर्को जिल्लामा जान नपाउने बताउनुभयो ।

यसअघि, प्रशासनको अनुमति लिएर जाने व्यवस्था गरिएको भएपनि मंगलबारबाट उक्त व्यवस्था बन्द गरी पास वितरणमासमेत कडाइ गरेको उहाको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू