अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४६ | Colorodo: 22:01

बुटवलको कोरोना आइसोलेशनमा ज्यान गुमाएका व्यक्तिमा कोरोना नभएको पुष्टि

बिआरटीनेपाल २०७६ चैत १७ गते ८:१३ मा प्रकाशित

बुटवलमा रहेको कोरोना भाइरस विशेष अस्थायी अस्पताल आइसोलेशनमा आइतबार अपराह्न ज्यान गुमाएका बिरामीको रिपोर्टमा कोरोना भाइरस ‘नेगेटिभ’ देखिएको छ । पाल्पा स्थायी घर भएका ३४ वर्षीय बाबुराम थापा क्षेत्रीको केन्द्रीय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा कोरोना संक्रमण नभएको पुष्टि भएको हो । आज आएको अन्तिम रिपोर्टमा कोरोना नेगेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले जानकारी दिनुभयो ।

उनी वैदेशिक रोजगारीका लागि दुबईबाट यही चैत ६ गते मात्र स्वदेश फर्किएका थिए । घर फर्किंदाकोे अवस्थामा नै सामान्य ज्वरो आएकाले रुपन्देहीको सैनामैना नगरपालिका–४ सिसौडाँडामा निवासमा आराम गर्दै बसेका थिए । वैदेशिक रोजगारीमा दुबई रहँदादेखि नै सामान्य ज्वरो आएका क्षेत्री घर आइसकेपछि पनि मेडिकल, मुर्गियामा रहेको स्वास्थ्यचौकी हुँदै चैत १३ गतेमात्र बुटवल धागो कारखानामा रहेको अस्थायी कोरोना विशेष आइसोलेशनमा भर्ना भएका थिए ।

अस्पतालमा भर्ना भएपछि ज्वरो आउने र स्वास फेर्न गाह्रो भइरहेको अवस्थामा उनको आइतबार अपराह्न ज्यान गएको थियो । उनको स्वाब भने आइतबार बिहान मात्र परीक्षणका लागि काठमाण्डौ पठाइएकामा आज प्राप्त रिपोर्टमा कोरोना नेगेटिभ पाइएको डा. देवकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू