अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५५ | Colorodo: 22:10

टेकुमा मात्र हुँदै आएको कोरोना परीक्षण धरानमा पनि शुरु

बिआरटीनेपाल २०७६ चैत १५ गते ७:०५ मा प्रकाशित

कोरोना भाइरसको ल्याव परीक्षण प्रदेश एकको धरानमा पनि शुरु भएको छ । स्वास्थ्य तथाा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले शनिबारबाट धरानको वीपी कोइराला मेमोरियल अस्पतालबाट कोरोना परीक्षण शुरु गरिएको जानकारी दिनुभएको हो ।

शनिबार धरानबाट परीक्षण संख्या ९०० बढी हुने बताइएको छ । संक्रमितको संख्या बढेसँगै हेटौंडा, पोखरा र नेपालगञ्जमा पनि परीक्षणका लागि सरकारले तयारी गरिरहेको डा.देवकोटाले बताउनुभयो ।

प्रवक्ता देवकोटाले स्वास्थ्य सामाग्री लिन शनिबारै नेपाली टोली चीन गएको र राति सम्म सामग्री नेपाल आउने र भोलिबाटै वितरण गरिने पनि जानकारी गराउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू