अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५८ | Colorodo: 23:13

लकडाउनको पर्वाह नगरी सडकमा निस्किनेलाई प्रहरीले होल्डमा राख्ने

बिआरटीनेपाल २०७६ चैत १५ गते ६:३६ मा प्रकाशित

कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले आह्वान गरेको साताव्यापी लकडाउनको पालना नगर्नेविरुद्ध प्रहरी कडा रुपमा प्रस्तुत भएको छ । लकडाउनको पर्वाह नगरी सडकमा मानिसहरु सडकमा निस्कीएपछि प्रहरीले थप कडाई गरेको हो । अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले जारी गरेको आदेश उल्लङ्घन गनेविरुद्ध कडारूपमा प्रस्तुत भएको प्रहरीले शनिबार मात्र पाँचसय भन्दा बढिलाई नियन्त्रणमा लिएको छ ।

कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले जारी गरेको आदेशलाई बेवास्ता गर्नेहरुलाई देशका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । स्वास्थ्यजस्तो गम्भीर विषयमा सरकारी आदेशको अवज्ञा गरेकालाई कडाइ गर्न थालिएको हो । प्रहरीको स्वास्थ्य सुरक्षाका लागि आवश्यक सामाग्रीहरु जुटाइएको पनि गृह मन्त्रालयले जनाएको छ ।

सरकारी आदेशको पूर्ण कार्यान्वयनका लागि शुक्रबारदेखि अनावश्यक रुपमा पैदल हिँड्नेलाई समेत प्रहरीले थप कडाइ गरेको हो । विश्वव्यापीरूपमा कोरोना भइरसको महामारी बढ्दै गएपछि सरकारले यही चैत ११ गतेबाट लागू हुने गरी चैत १८ गतेसम्म अत्यावश्यक बाहेक बाहिर ननिस्कन आदेश जारी गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू