अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५७ | Colorodo: 10:12

कोरोना संक्रमित युवती डिस्चार्ज भएकी छैनन्, दोस्रो परीक्षण हुँदै :शुक्रराज ट्रपिकल अस्पताल

बिआरटीनेपाल २०७६ चैत १४ गते २२:१९ मा प्रकाशित

कोरोना भाइरस संक्रमण भएर उपचाररत युवती डिस्चार्ज नभएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ। अस्पतालमै उपचाररत फ्रान्सबाट आएकी काठमाडौंकी १९ वर्षीया युवती निको भएर डिस्चार्ज भएको समाचार शु्क्रबार भाइरसल भएपछि डा. अनुप बाँस्तोलाले यस्तो जानकारी दिनुभएको हो ।

सरुवारोग विशेषज्ञसमेत रहेका डा. बाँस्तोलाले ती युवतीको स्वास्थ्य अवस्था स्थिर रहेको बताउँदै आइतवारसम्ममा दोस्रो परीक्षण सकिएपछि थप निर्णय लिइने जानकारी दिनुभयो । युवतीको हामीले उपचार गरिरहेका छौँ। डिस्चार्ज भएको हल्ला अफवाह मात्रै हो, उहाँले भन्नुभयोे, दोस्रो चरणको परीक्षणको रिपोर्ट नै नआइ नेगेटिभ आएको हल्लामा कुनै सत्यता छैन ।

डा. बाँस्तोलाका अनुसार कोरोना भाइरसको संक्रमणमा परेकी १९ वर्षीया युवतीको सम्पर्क भएका परिवारका ६ सदस्यको कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएको छ । टेकुस्थित राष्ट्रिय जनस्वाथ्य प्रयोगशालामा परीक्षणका क्रममा उनीसँग संक्रमित युवतीको दोस्रो परीक्षणको रिपोर्ट आउनै बाँकी छ। गत चैत ४ गते फ्रान्सबाट कतार हुँदै फर्किएकी युवतीसँग यात्रा गरेका १५८ जना यात्रुको विवरण प्रहरीले लिइसकेको छ। उनीसँग एउटै जहाजमा सवार १५८ मध्ये ३३ जना नेपालीमा कोभिड(१९ को संक्रमण नेगेटिभ नदेखिएको प्रहरीले जनाएको छ।

उनी दोहामा चार घन्टा ट्रान्जिट हुँदै काठमाडौँ आएकी थिइन्। त्रिभुवन विमानस्थलमा सामान्य ज्वरो नापेर उनलाई छाडिएको थियो। उनी घरमै क्वारेन्टाइनमा बसेकी थिइन्। स्वास्थ्य मन्त्रालयका अनुसार उनको परिवारका सदस्य स्वास्थ्य क्षेत्रमा आवद्ध भएका कारण घरमा पूर्ण रुपमा क्वारेन्टाइनमा राखिएको थियो।

फ्रान्सबाट आउँदा जहाजमा उनीसँगै भियतनामी साथी पनि थिइन्। उनीहरु आ– आफ्नो देश लागेका थिए। भियतनाम पुगेपछि उनको साथीलाई क्वारेन्टाइनमा राखियो। स्वास्थ्य जाँच गर्दा उनमा कोरोना संक्रमण देखियो। त्यसलगत्तै उनले नेपालमा रहेकी साथीलाई एसएमएसमार्फत जानकारी गराएकी थिइन्। उनी दोहामा चार घन्टा ट्रान्जिट हुँदै काठमाडौँ आएकी थिइन्। त्रिभुवन विमानस्थलमा सामान्य ज्वरो नापेर उनलाई छाडिएको थियो। उनी घरमै क्वारेन्टाइनमा बसेकी थिइन्।

नेपालमा कोराना संक्रमितको संख्या ४ पुगेको छ। यसअघि एक व्यक्ति डिस्चार्ज भइसकेकाका छन्। अब ट्रपिकल अस्पतालमा एक जना र धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा एक अर्का संक्रमित उपचार गराइरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू