अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५३ | Colorodo: 08:08

तत्काल गर्नुपर्ने बाहेकका अपरेसन र स्वास्थ्य परीक्षण नगर्न सरकारको अस्पतालहरुलाई निर्देशन

बिआरटीनेपाल २०७६ चैत ७ गते ८:४५ मा प्रकाशित

सरकारले तत्काल नगरी नहुने भनेर ठम्याइएका बाहेक अपरेसनहरु चैत मसान्तसम्म नगर्न अस्पतालहरुलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड १९) को संभावित संक्रमणसँग जुध्नका लागि अस्पतालहरुलाई शुक्रबार निर्देशन दिँदै राजधानीका ५० शय्याभन्दा बढी क्षमता भएका अस्पतालहरुलाई तत्काल आवश्यक नपर्ने स्वास्थ्य परीक्षण पनि चैत मसान्तसम्म स्थगित गर्न निर्देशन दिएको स्वास्थ्य मन्त्रालयको आपत्कालीन तथा विपद् व्यवस्थापन एकाई प्रमुख सागर दाहालले बताउनुभयो ।

मन्त्रालयले कोभिड १९ को उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु घर जाँदा उनीहरुको परिवारमा रहेका वृद्धवृद्धा र बालबालिकामा जोखिम बढी हुने हुँदा उनीहरुले चाहे अस्पतालले छुट्टै आवास उपलब्ध गराउनु पर्ने पनि निर्देशन दिएको छ। यस्तै मन्त्रालयले कोभिड १९ को नमुना परीक्षण गर्न योग्य ठहरिएका वीर, धुलिखेल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई तत्काल परीक्षण सुरु गर्न पनि निर्देशन दिएको छ। यसका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई सहजीकरण गर्न पनि निर्देशन दिइएको छ।

यस्तै मन्त्रालयले समुदायमा कोभिड १९ कोफैलावटको अवस्था पत्ता लगाउनलाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाई कम्तिमा २० हजार नमूना परीक्षणका लागि तयार अवस्थामा राख्ने पनि निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू