अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२३ | Colorodo: 06:38

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ लाख नजिक –विश्व स्वास्थ्य संगठन

बिआरटीनेपाल २०७६ चैत ५ गते ९:२१ मा प्रकाशित

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण आज साँझसम्म झण्डै २ लाख जनामा देखिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म १ लाख ९९ हजार ३ सय ६ जनामा संक्रमण पुष्टि भइसकेको छ । यस्तै ७ हजार ९ सय ९४ जनाको यही रोगका कारण मृत्यु भइसकेको बताइएको छ ।

हालसम्म ८२ हजार ७८३ जना भने निको भएको तथ्यांकमा उल्लेख छ । यो रोगको संक्रमण अहिलेसम्म चीनमा सबैभन्दा धेरै ८० हजार ८ सय ९४ जनामा देखिएकोमा ३ हजार २ सय ३७ जनाको मृत्यु भएको छ । अहिले चीनमा भाइरसको संक्रमण नियन्त्रणमा आएको बताइएको छ ।

युरोपियन देश इटालीमा रोगको संक्रमण भयाबह देखिएको छ । इटालीमा अहिलेसम्म २ हजार ५ सय ३ जनाको मृत्यु हुँदा ३१ हजार ३ सय ६ जनामा संक्रमण देखिएको । यस्तै इरानमा ९ सय ८८, स्पेनमा ५ सय ३३, अमेरिकामा १ सय १६ जनाको मृत्यु भइसकेको छ ।

१ सय ६७ देशमा फैलिसकेको यो भाइरसको नेपालमा अहिले संक्रमण नरहेपनि चौतर्फी त्रास भने छ । भाइरसको आतंकले जनजीवन र समग्र अर्थतन्त्रमा नै प्रभाव देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू