अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०४ | Colorodo: 09:19

अमेरिकामा कोरोना भाइरस विरुद्धको खोप पहिलो पटक मानिसमा परीक्षण

बिआरटीनेपाल २०७६ चैत ३ गते ९:०२ मा प्रकाशित

कोरोना भाइरसको सङ्क्रमणबाट मानिसलाई जोगाउन विकास गरिएको खोप पहिलो पटक मानिसमा परीक्षण गर्न शुरु भएको छ । अमेरिकी स्वास्थ्य अधिकारीहरुका अनुसार परिक्षणको यो प्रक्रिया सोमबारबाट शुरु भएको हो ।

अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा सुरु गर्न लागिएको परीक्षणमा ४५ जना वयस्क अमेरिकी स्वयंसेवी सहभागी रहेको समाचार संस्था एपीले जनाएको छ । खोप परीक्षणको अमेरिकाको वाशिङटन् हेल्थ रिसर्च ईन्टिच्युट सियाटलमा शुरुवात गरिएको बताइएको छ । अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा सुरु खोप परीक्षण सीयाटलको काइसर पर्मानन्ट वाशिङ्टन हेल्थ रिसर्च इन्स्टिट्यूटमा गरिएको छ । खोपले बिरामीको कोषलाई भाइरसको सङ्क्रमणबाट जोगाउन वा रोगविरुद्ध लडेर निको पार्न आवश्यक प्रोटीन उत्पादन गर्न सक्रिय बनाउने वैज्ञानिकले विश्वास लिएका छन् ।

परिक्षणको पहिलो चरणमा कोरोना भाइरसविरुद्धको भ्याक्सिनको मात्राले प्रतिरक्षा प्रणालीले कुनै प्रतिक्रिया जनाए वा नजनाएको जाँच हुनेछ । परीक्षण गर्न लागिएको भ्याक्सिनलाई नाम एमआरएनए – १२७३ राखिएको छ । भ्याक्सिनलाई मोडेर्ना नाम गरेको निर्माताले बनाएको छ ।

खोपमा वास्तविक कोरोनाभाइरसको कुनै अंश नरहेको बताइएको छ । त्यसमा मेसिन्जर आरएनएको सानो भाग भएको जनाइएको छ । अधिकारीहरुका अनुसार यस्तो खोपको आधिकारिता एवं प्रभावकारिता पुष्टि गर्न ८ महिनादेखि १ बर्ष सम्मको समय लाग्न सक्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू