अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२८ | Colorodo: 04:43

गजल

शेखर ढुङेल २०७६ फागुन १९ गते ९:३४ मा प्रकाशित

जिन्दगी त्यति सहजै कहा बित्छ र
कति हण्डर कति पिडाका जँघार तर्नुछ
धरामा धेरै आँसु थोरै हाँसो रित्याउनु छ
काँडा माथि पाउ राखी लामो दुरी पार गर्नुछ
जिन्दगी त्यति सहजै कहा बित्छ र …

कति जुन समात्ने सपनाहरू देख्नुछ
कति मन हँसाउने कल्पना गर्नुछ
टुट्छ सपना फुटछन कल्पनाहरू जोड्नु पनि छ
सम्झौता गरेर विष पनि धेरै पिउनु नै छ
जिन्दगी त्यति सहजै कहा..

कहिले होसमा कहिले बेहोसमा रापमा जल्नुछ
जलाएर आफैलाई माया र खुसी खोज्नु छ
काँडा माथि पाउ राखी लामो दुरी पार गर्नुछ
एक पल्ट होइन धेरै पल्ट
ताउबाट उम्केर मात्र पुग्दैन भुङ्ग्रो माथि हाँसेर नाच्नुछ
जिन्दगी त्यति सहजै कहा बित्छ र…