अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२६ | Colorodo: 02:41

चर्चा जेठी दुलहीको

शेखर ढुङेल २०७५ जेठ २० गते ९:४७ मा प्रकाशित

केही समय हफ्ता पहिले बेलायती राजकुमारले आफू भन्दा ४ वर्ष जेठी चर्चित कलाकारलाई दुलही बनाए त्यो भन्दा केही महिना अगाडी ७० जवान दुलहीसँग ३९ वर्षीय जवान दुलहाले बिहे गरेको खबरको भिडियोले सामाजिक सञ्जालमा निक्कै ठुलो चर्चा पाएको थियो । एक जमानामा निक्कै चर्चित एवम् ख्याति कमाएकी नायिका मनीषा कोइरालाले आफू भन्दा १० वर्ष कान्छो दुलहासँग बिहे गरिन । फ्रेन्च राष्ट्रपति इमानुयलले आफू भन्दा २४ वर्ष जेठी सम्बन्ध बिच्छेद भएकी आफ्नै शिक्षिका सङ्ग विवाह गरे । यी र यस्ता त पछिल्ला प्रतिनिधि पात्र मात्र हुन् इतिहासका धेरै कालखण्डमा यस्ता विवाह भएका छन् र नयाँ कुरो पनि रहेन तर यहाँ चर्चा गर्न लागेको प्रसङ्ग केहो भने शास्त्र देखि वर्तमान सम्म संसारको सबै समाजमा स्वाभाविक रूपमा जेठो दुलहा र कान्छी दुलही हुने सामान्य नियम वा मान्यता रहेको देखिन्छ तर अस्वाभाविक रूपमा जेठी दुलही र कान्छो दुलहा भएको विषय भने चर्चामा आउने गर्छ ।

स्वाभाविक वा प्राकृतिक रूपमा रहेको कान्छी दुलही जेठो दुलाहा हुने सामाजिक परम्परालाई तोड्दै जेठी दुलही रोज्ने वा कान्छो दुलाहा रोज्ने कारण के के हुन् सक्छ ? सामाजिक बहसको विषय पक्कै हो र हुनु पर्छ र भएको छ । समाजमा यस्ता धेरै घटनाहरू छन् बढी उमेरका धनाढ्य महिलाहरूले आफ्नो घरमा काम गर्न राखेको सहायक, सवारी चालक देखि बिजुली बत्ती बनाउन आउने टेलिफोन बनाउन आउने कम उमेरका युवाहरू आफ्नो योन तृष्णा मेटाएको देखि वर्तमानमा जवान युवालाई भाडामा लैजाने वा पाल्ने प्रवृत्ति पनि हाम्रो समाजमा पनि बढी रहेको चर्चा छ ।

यहाँ सम्म कि बिहे नै गरेको झैँ घरमा लगेर पाल्ने समेत गरेको देखिएको छ तर त्यस्तो उमेरले जेठी दुलही र कान्छो दुलहाको बिहे एकाध वर्ष मात्र टिकेको पाइन्छ हाम्रो समाजमा एक चर्चित कलाकारलाई बिबाहित र सम्बन्ध बिच्छेद गरेकी व्यवसायी जेठी दुलहीले घरमा लगेर पालेको तर दुई वर्ष पनि त्यो सम्बन्ध टिक्न सकेन । यहाँ प्रश्न उठ्छ आज सम्म विश्वमै किन दुलहीले बिहे गरेर दुलहालाई आफ्नो घरमा लैजाने परम्परा बसेंन ? किन महिलाको सम्पत्ति वा कमाइमा निर्भर हुन् विश्वको कुनै समाजको पुरुषले स्वीकार गर्न सकेको छैन ? दुलहा भन्दा दुलही २० वर्ष कान्छी हुन् नहुने मुलुकी ऐन बनाउने हाम्रो समाज त् झन् जेठी दुलही कान्छो दुलहा प्रवृतिलाइ लै सहजतापुर्बक लिने कुरो पनि भएन ।

के हुन् सक्छ त् जेठी दुलही र कान्छो दुलहाको बिहेको कारण सामाजिक आर्थिक सांस्कृतिक परम्परासँग जोडिएको यो प्रसङ्गले समाजमा उठाएका केही प्रश्नहरू यस विषयमा अमेरिका युरोपका धेरै प्राध्यापक हरूको विश्लेषण अनुसार केही यस्ता तथ्यहरू वा कारण रहेको निष्कर्ष निकालिएको छ ।

१. सम्बन्ध बिच्छेद भएका वा बहु पुरुषसँग शारीरिक सम्बन्ध राखेका वा राख्ने गरेका महिलाहरूले आफ्नो योन तृष्णा मेटाउन नै आफू भन्दा कम उमेरको दुलहा वा योन सम्पर्कको लागि कम उमेरको पुरुष साथी रोज्ने गरेको देखिन्छ उमेरले जेठी दुलहीले आफ्नो योन तृष्णा तृप्तिको लागि कम उमेरको केटो खोज्ने र उसको व्यवहार अतिनै मायालु र योनक्रिडा अतिनै आक्रामक र सदभाबपूर्ण हुने वा रहने भएकोले कम उमेरका दुलहा एक पटक सम्पर्कमा आए पछि निकै प्रभावित हुने कारण नजिकिने गरेको देखिन्छ । यस्तो विवाह वा सम्बन्धमा जेठी महिला नै योन क्रियामा बढी सक्रिय वा पहिले अगाडी बढ्ने गरेको भुक्तभोगीहरुसंगको छलफलबाट बुझिएको छ ।

२. उमेरले जेठी दुलही प्रतिको आकर्षण योन तृष्णा सम्पत्तिको लालच वा चर्चित हुने सोचले प्राथमिकता पाएको हुन् सक्छ जुन दुवै पक्षमा लागु हुन्छ त्यसैकारणले होला आफू भन्दा गरिब र जेठी महिलासङ्ग विवाह वा योन सम्पर्क साथी बनाएको भने कतै भेटिएको छैन ।

३. केही युवकहरूले आफ्नो आर्थिक दुरावस्थाको सुधार वा मुक्तिको लागि आफू भन्दा जेठी सङ्ग प्रेम वा विवाहको वा सम्पर्क समयको लागि लालायित भएको पनि अध्ययनले देखाएको छ त्यस्ता युवकले विधवा वा सम्बन्ध बिच्छेद गरेर बसेकी आफू भन्दा जेठी महिलालाई प्रेम जालमा पारेको देखिन्छ केही नेपाली युवाहरूले पनि अमेरिका अस्ट्रेलियामा आफू भन्दा धेरै बढी उमेर कि महिला सङ्ग बिहे गरेका छन् त्यसको पछाडि एकल महिलाको अगाध सम्पत्तिको लालच आफ्नो दुरावस्थाबाट र स्थायी कागज बनाउने अभिष्ट नै प्रमुख कारक रहेको देखिन्छ ।

४. लामो समय सम्म पुरुषको सम्पर्कमा रहन असफल वा अनिच्छुक तर अत्यधिक योन तृष्णाले विक्षिप्त जेठी महिलाले आफू भन्दा कान्छो दुलहा वा योन सम्पर्क साथी प्रतिको चाहना रहेको क्यालिफोर्नियाका एक समाजशास्त्री एवम् प्राध्यापक बताउछन ।

५. योन तृप्ति र रोमान्स नै आफू भन्दा कान्छो दुलहा रोज्ने अर्को प्रमुख कारण हो जसलाई कथित प्रेमको झुठो संज्ञा दिने गरिन्छ तर धेरै घटनाको अध्ययनले स्पष्ट पारि सकेको छ कि यस्तो विवाह वा सम्बन्ध लामो समय न गएको र अस्थायी प्रकारको भएको देखिन्छ ।

६. केही जोडीमा भने दुवैमा फरक उमेर कोसङ्ग अर्थात् जेठी महिला र कान्छो पुरुषसङ्गको योन सम्पर्कको अनुभव बटुल्ने चाहना मात्र पनि रहेको खुलेको छ ।

७. कुनै घटनामा भने आफूले मन पराएको आफू भन्दा जेठो पुरुषले अपहेलना गरेको वा तलाई कसले पत्यौछ ? भनेको वा बेवास्ता गर्दा “इगो “साध्न पनि प्रलोभनमा पारेर आफू भन्दा कम उमेरको केटासङ्ग विवाह वा योन सम्पर्कको लागि साथी बनाएको पनि देखिन्छ, तर पनि उमेरको धेरै फरकको कारण एक अर्काको रुचि वा सोखमा समेत फरकपन हुने भएकाले यस्तो प्रेम वा सम्बन्ध दीर्घकालीन न रहेको देखिन्छ ।

८. केही घटना भने आफूलाई हेर्ने सहयोग गर्ने आफू सरहको पुरुष साथी न पाउँदा निराश भएर पनि आफू भन्दा कम उमेरको केटोलाई प्रभावमा पारेर बिहे गरेको वा सँगै बसेको देखिन्छ । यस प्रसङ्गमा भने जेठी महिलाहरूको शारीरिक आकर्षण र सम्पत्ति एवम् चर्चित व्यक्तित्व हुनुको कारण कम उमेरको पुरुषहरू लालायित भएको देखिन्छ ।

९. कतिपय घटनामा भने आफूले रोजेको वा मन परेको आफ्नो सामनाको केटीले धोका दिएको सम्बन्ध बिच्छेद भएको कारण योन निराशा वा विक्षिप्त भएका युवाहरूले पनि आफू भन्दा जेठी महिलासङ्ग सम्पर्क राख्ने गर्दा रहेछन् त्यस्तो महिला प्राय विधवा वा सम्बन्ध बिच्छेद गरेर बसेकीलाई प्रभावमा पार्दा रहेछन् जुन दुवैको अस्वाभाविक योन तृष्णा मेटाउने अभिष्ट मात्र भएको सम्बन्धित विषयमा अध्ययन गरेका विश्व बिध्यालयहरुका प्राध्यापक हरूको निचोड छ । योन तृष्णाले विक्षिप्त महिलाहरू सजिलै जवान पुरुषहरू प्रति आकर्षित हुँदा रहेछन् जसरी आफू भन्दा धेरै कम उमेरकी युवती प्रति पुरुष विक्षिप्त रूपमा आकर्षित हुने वा योन लालच राख्ने गर्छन् ।

यस्ता विविध कारणहरूका पछाडि जेठी महिला र कम उमेरको पुरुषको विवाह भएको घटनाहरू छन् सामान्यता जेठी दुलही सुन्दरता प्रति आकर्षण, चर्चा वा सम्पत्ति प्रतिको लालच वा पागलपन हो भन्नेहरूको कमी छैन । प्रेममा उमेर बाधक हुँदैन भन्नेहरू पनि छन् तर केही वर्ष पछि टुट्ने त्यो वा त्यस्तो विवाह पागलपन नै हो भन्नेहरू कै बहुमत देखिन्छ कैयौँ विधवा वा सम्बन्ध बिच्छेद गरी बसेका एकल महिलाहरूले एक वा दुई भन्दा बढी योन सम्पर्कको लागि साथी बनाएको वा घरमा कुनै बहानामा राखेको वा कार्यालयको सहकर्मीसङ्ग आफ्नो चाहना पुरा गराएको पाइएको छ हुन् त् हाम्रो भन्दा योन विषयमा स्वतन्त्रता भएको समाजमा योन तृप्तिको लागि बहु साथी राख्ने वा बनाउने वा भाडामा बोलाउने प्रसङ्ग नयाँ पनि होइन ।

बिस्वब्यापी रूपमा नै दुलही जेठी न भएर कान्छी नै हुने वा हुनु पर्ने परम्पराको पछाडिको कारण के हो ? प्रसिद्ध बिस्वबिध्यालयहरुका सम्बन्धित विज्ञ धेरै प्राध्यापक वा केही प्रबुद्ध व्यक्तित्वहरूको अध्ययन अनुसन्धान एवम् सम्बन्धित पात्रहरू सङ्ग छलफल गर्दा यस्तो निष्कर्ष निस्किएको हो ।

सामान्यतया समाज वा व्यक्तिगतरुपमा पुरुष विवाह पश्चात् आफ्नी श्रीमतीको संरक्षकत्व वा जिम्मेवारी बहनकर्ता वा संरक्षण भरपोषण लगायतका सबै जिम्मेवारी बहन गर्नु अनिवार्य र नैतिक दायित्व सोच्छ तर जेठी दुलहीले के आफू भन्दा कान्छोसङ्ग बिहे गरे पछि त्यो दायित्व निर्वाह गर्छन् त् ? वा आफू भन्दा कान्छो दुलहाबाट परम्परागत सुरक्षा र संरक्षण खोज्छन ? उमेर सँगै अनुभव र भोगाइले आफू भन्दा कान्छोको भर पर्नु वा सुरक्षा र संरक्षण खोज्नु के प्राकृतिक न्याय वा परम्परा अनुरूप हुन्छ त् ? वा कान्छो उमेरको दुलाहाको सुरक्षा संरक्षण अनि भरण पोषण गर्छन् ?वा उमेरले जेठी दुलहीको सुरक्षा संरक्षण गर्ने दायित्व बहन गर्ने कि नगर्ने ? सोचाइमा हुने फरकपनले यस्तो बिहे दीर्घकालीन हुन् नसक्ने हुन्छ ५ वर्ष सम्मको अन्तरलाई मानसिक रूपमा समान र समझदारीमा एक रुपता हुन् सक्ने र सो भन्दा बढी जेठी दुलही र कान्छो उमेरको दुलहा बिचमा ब्यबहारिकतामा समझदारी हुन् नसक्ने सम्बन्धित विज्ञ हरूको राय छ ।

समाजशास्त्री एवम् मनोबिदहरु भन्छन् सामान्यतया दुलहा र दुलहीको उमेर धेरै फरक हुनु हुँदैन सोच र मानसिकता समानता हुनु उमेर फरक हुँदा सोचाइको धार फरक हुन्छ त्यसैले सक्दो नजिक फरक उमेरको र बढी उमेरको दुलहा कम उमेरको दुलही बिहे गर्ने परम्परा चलेको हो कारण विश्वको कुनै पनि देशको कानुनले दुलहालाई दुलही प्रति सुरक्षा संरक्षणको जिम्मेवारी बहन गराउने अनिवार्य नीति बनाएको छ र दुलही बनेर दुलाहाको घरमा जाने भन्ने नै छ र त्यसको अर्थ पुरुषले दुलहीको सम्पूर्ण दायित्व निर्वाह गर्ने वा उठाउने भन्ने पनि हो ।

अर्को शब्दमा श्रीमान् श्रीमतीको अभिभावक पनि हो उमेरको हिसाबले अर्कोलाई सम्मान र मर्यादा गर्ने सामाजिक नियम हो यस अर्थले पनि हिजो देखिनै कम उमेरको दुलही र बढी उमेरको दुलहाको परम्परा बसेको हो । तसर्थ जेठी दुलही र कम उमेरको दुलहाको बिहे अस्वाभाविक र प्राकृतिक नियम विपरीत हो । कम उमेरको दुलहाले खोज्ने आफ्नो आर्थैक सहजता र बढी उमेरकी महिलाको योन तृष्णाको लालचा भन्दा धेरै उमेर फरक जेठी दुलही र कान्छो दुलहाको सम्बन्धको विशेष रूपमा कुनै त्यस्तो अपबाद बाहेक अर्को कारण न रहेको विज्ञहरूको अनुसन्धानबाट थाहा भएको छ ।