अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१० | Colorodo: 03:25

सञ्चारमन्त्रीले अश्लील बोलेकामा निजामती कर्मचारी युनियनको आपत्ति

बिआरटीनेपाल २०७६ फागुन ८ गते ७:३२ मा प्रकाशित

नेपाल निजामती कर्मचारी युनियन (संघ) ले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले विवादास्पद अडियो प्रकरणमा बोलेको अश्लील शब्दप्रति विरोध जनाएको छ । हालै सार्वजनिक उक्त अडियो रेकर्ड प्रकरणमा मन्त्री बास्कोटाबाट प्रयोग भएको शब्दले राष्ट्रसेवकलाई दुःखी तुल्याएको भन्दै संघले खेद प्रकट गरेको छ ।

अपशब्द प्रयोग गर्ने मन्त्रीलाई कानूनी कारबाही नभएमा बहिष्कार गर्न पर्ने दिन देख्न नपरोस् । संघका उपमहासचिव दुर्गाप्रसाद फुयाँलले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग भएको कुराकानीमा सञ्चारमन्त्री बास्कोटाले कमिसनबारे कुराकानी गरेको अडियो सार्वजनिक भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू