अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१४ | Colorodo: 00:29

शिवरात्रिको अघिल्लो दिनदेखि बागमतिमा प्रशोधित पानी बग्ने

बिआरटीनेपाल २०७६ फागुन ६ गते ७:२९ मा प्रकाशित

शिवरात्रिको अघिल्लो दिनदेखि गुहेश्वरीस्थित प्रशोधन केन्द्रबाट प्रशोधित भएको पानी बागमतीमा बगाइने भएको छ । प्रशोधित सफा पानी बगाउनेगरी सबै तयारी पूरा भएको जानकारी दिँदै काठमाडौं उपत्यका फोहोर पानी व्यवस्थापन आयोजना कार्यान्वयन निर्देशनालयका इन्जिनियर किशोर पन्थीले बिहीबारदेखि प्रशोधन गरिएको पानी छाड्ने बताउनुभयो ।

प्रशोधित पानी एउटा टनेलबाट सिधै तिलगंगामा र अर्को गुहेश्वरी क्षेत्रको भागमा खसालिने छ । पन्थीले बिहीबारदेखि पशुपति क्षेत्रबाट गुहेश्वरीसम्मको नदीको भागमा पानीको शुद्धतामा फरकपन आउने दाबी गर्नुभयो । गुहेश्वरीमा १ करोड ६२ लाख लिटर क्षमताको दुईटा प्रशोधन केन्द्र छन् । दुबै केन्द्र सञ्चालनमा आएपछि नदीमा ३ सय ७५ लिटर प्रतिसेकेन्ड पानी बग्छ । यसको अर्थ नदीमा पानीको गहिराइ पैतालाभन्दा माथि र घुँडाभन्दा तल हुनेछ ।

काठमाडौं उपत्यकाका ढलहरू सिधै नदीमा मिसिन नदिने र प्रशोधनपछि मात्र छोड्ने भनेर प्रशोधन केन्द्र निर्माण भइरहेको छ । गुहेश्वरी प्रशोधन केन्द्रले गोकर्णदेखि तल र गौशालादेखि माथिका क्षेत्रको ढल समेट्छ । गुहेश्वरीजस्तै भक्तपुरको सल्लाघारी, ललितपुरको बालकुमारी र धोबीघाटमा पनि प्रशोधन केन्द्र बनिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू