अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०८ | Colorodo: 05:23

संसदमा उर्जामन्त्री पुनसँग सांसदको प्रश्न

बिआरटीनेपाल २०७६ फागुन ६ गते ७:२१ मा प्रकाशित

उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणले ४ लाख काठका पोलहरू विस्थापन गर्ने क्रममा रहेको बताउनुभएको छ । प्रतिनिधि सभामा सांसहरूले सोधेका प्रश्को जवाफ दिने क्रममा पुनले ३ लाख नेपाल विद्युत प्राधिकरण र १ लाख सामुदायिक जलविद्युत आयोजनाका गरी चार लाख विद्युतीय पोल रहेको र तिनको विस्थापनका लागि सरकारले कार्यक्रम अगाडि बढाएको बताउनुभयो ।

प्रतिनिधि सभा आजको बैठकमा नेकपा सांसद खगराज अधिकारीले काठका पोलहरू विस्थापनबारे सरकारका के योजना रहेका छन् ? भनेर प्रश्न सोध्नुभएको थियो । जवाफमा मन्त्री पुनले चालु आर्थिक वर्षको हालसम्म ३० हजार काठका पोल विस्थापन गरिएको जानकारी दिँदै बाँकी काठका पोल विस्थापनका लागि प्रदेश सरकार र स्थानीय तहहरूसँग सहकार्य गरेर काम अगाडि बढाइने जानकारी दिनुभयो । काठमाडौंबाट विद्युतका तार विस्थापन गर्ने क्रम सुरु भएको बताउँदै उहाँले ठूला सहरहरूमा विद्युतीय पोल हटाउन लागिएको जानकारी दिनुभयो ।

यस्तै सांसद प्रेम सुवालले खेतीयोग्य जग्गामा सिँचाइको पहुँच कहिले पुग्छ ? भनेर प्रश्न गर्नुभएको थियो । जवाफमा मन्त्री पुनले २२ लाख ६५ हजार जमिन सिँचाइयोग्य रहेको र १४ लाख ३ हजार हेक्टरमा सिँचाइ प्रबन्ध पुगेको जानकारी दिनुभयो । २०८१ सम्ममा ९० प्रतिशत क्षेत्रमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य रहेको पनि उहाँले बताउनुभयो । मन्त्री पुनलाइ अरु सांसदहरुले पनि प्रश्न गरेका थिए । संघीय संसदको पाँचौं अधिवेशनमा आजको बैठकबाट प्रश्नोत्तर कार्यक्रम सुरु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू