अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४२ | Colorodo: 04:57

खरिपाटी क्वारेन्टाइनमा स्वास्थ्यमन्त्री ढकालसहितको टोलीद्धारा स्थलगत अनुगमन

बिआरटीनेपाल २०७६ फागुन ६ गते ७:२० मा प्रकाशित

सरकारले चीनबाट उद्धार गरी भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका नेपाली शारीरिक र मानसिक रुपमा ठीक रहेको बताएको छ । आज अनुगमनमा पुगेका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले चीनमा भययुक्त वातावरणमा असुरक्षा महसुस भए पनि नेपाल फर्किएपछि उनीहरुमा त्रास हराएको बताउनुभयो ।

सरकारले गरेको तयारीप्रति उद्धार गरिएका नेपाली सन्तुष्ट रहेको प्रतिक्रिया पाएको पनि ढकालले बताउनुभयो । आज मन्त्री ढकालसहितको टोलीलाई क्वारेन्टाइनमा खटिएका चिकित्सक टोलीले उद्धार गरिएका नेपालीको अवस्थाबारे जानकारी गराएको छ । क्वारेन्टाइनस्थलमा खटिएका चिकित्सक नेपाली सेनाका सेनानी डा. नवीन फुयाँलले विद्यार्थीहरु सबै हिसावले स्वस्थ रहेको बताउनुभयो ।

चीनमा कोरोना भाइरसको त्रासमा रहेका नेपाली आफ्नै देशमा फर्किन पाएको र क्वारेन्टाइनमा दिइएको सुविधाका कारण अहिले सामान्य अवस्थामा रहेका डा. फुयालले बताउनुभयो । उहाँका अनुसार खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा ४० जना महिला, दुइ जना बालबालिकासहित एक सय ७५ जना नेपाली रहेका छन् । डा. फुयालका अनुसार अहिलेसम्म उनीहरुलाई उपचारको आवश्यकता परेको छैन । क्वारेन्टाइनमा मानसिक रोग विशेषज्ञ पनि खटाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू