अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५८ | Colorodo: 09:13

कोरोनाबाट फ्रान्समा एक जना वृद्धको मृत्यु

बिआरटीनेपाल २०७६ फागुन ३ गते ८:१५ मा प्रकाशित

फ्रान्स, कोरोना भाइरसको संक्रमणबाट युरोपमा एक जना चीनको हुवेइ प्रान्तका ८० वर्षीय पर्यटकको मृत्यु भएको छ । एसिया बाहिर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने यो पहिलो घटना हो ।

फ्रान्सका स्वास्थ्य मन्त्री आग्नेज बुजिनले उक्त वृद्धको सङ्क्रमणपछि मृत्यु भएको पुष्टि गरेका छन् । उनी १६ जनवरीका दिन फ्रान्स पुगेका थियो । उनलाई २५ जनवरीमा फ्रान्सको पेरिसस्थित एक अस्पतालको आइसोलेशन वार्डमा राखेर उपचार गरिएको थियो । फ्रान्समा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या ११ रहेको छ ।

हङकङ, फिलिपिन्स र जापानमा एक एक जना गरी तीन जनाको चीन बाहिर मृत्यु भएको थियो । चीनमा मात्रै उक्त भाइरसको सङ्क्रमणले कम्तीमा एक हजार पाँच सय जनाको मृत्यु भइसकेको बिबिसीले जनाएको छ । शुक्रवार दुई हजार ६४१ जना नयाँ सङ्क्रमित थपिएका छन् । चीनमा कोरोना नोभल भाइरस सङ्क्रमितको सङ्ख्या ६६ हजार ४९२ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू