अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२१ | Colorodo: 12:36

गुन्जनको गुन्जन

बिआरटीनेपाल २०७६ माघ २० गते १२:४५ मा प्रकाशित

महिला सर्जकहरूको संस्था गुन्जनले २०७६ माघ १९ गते डा. दीपक भट्टराईको कृति ‘सकिन्छ गर्न यही मुलुकमा गर्नु पर्छ’ माथि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अन्तर्क्रिया कार्यक्रममा गुन्जनका संस्थापक अध्यक्ष पद्मावती सिंह, नियात्रा समाजका अध्यक्ष चन्द्रप्रसाद भट्टराई, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष राधेश्याम लेकाली, गुन्जनका सदस्यहरू भागिरथी श्रेष्ठ, डा. गीता त्रिपाठी, गीता रेग्मी, रञ्जना निरौला, प्रभा बराल, सरू पोखरेल, बिन्दु घिमिरेले पुस्तकमाथि आफ्ना धारणा राख्नुभएको थियो ।

इन्जिनियरिङ कलेज, मेडिकल कलेज, हाेटल म्यानेजमेन्ट कलेजलाई सर्वप्रथम निजी स्तरमा खोलेर राज्यको अरबौँ रुपियाँ विदेशिनबाट जोगाउन अहंम भूमिका खेल्ने दीपक भट्टराईको अतुलनीय योगदानका बारेमा चर्चा गरिएको थियो । नेपालका प्रमुख राजमार्ग, पुल तथा महत्त्वपूर्ण निर्माण कार्यमा सक्रिय भूमिका निभाउनु हुने भट्टराईले आफ्नै देशमा नै केही गर्न सकिन्छ भन्दै देश निर्माणमा एकजुट हुन आह्वान गरिएको कुरा पुस्तकमा उल्लेख छ । इन्जिनियरिङ क्षेत्रका कुशल इन्जिनियर दीपक भट्टराईको बारेमा उहाँकी धर्मपत्नी वरिष्ठ साहित्यकार इल्या भट्टराईले थप जानकारी प्रदान गर्नुभएको थियो ।

अर्थलाई सदैव गौण ठानेर पनि जीवनमा धेरै प्रगति गर्न सकिन्छ भन्ने सन्देश दिने भट्टराईको उक्त कृति जुनसुकै वर्गका लागि पनि पठनीय रहेको कुरामा वक्ताहरूको जोड थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू