अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१३ | Colorodo: 20:28

चिट्ठाका नाममा ठगी गर्ने गिरोहका सदस्य पक्राउ

बिआरटीनेपाल २०७६ माघ १५ गते ६:०९ मा प्रकाशित

मोरङ प्रहरीले अवैध रुपमा चिट्ठाको योजना गर्दै ठगी गर्ने एक समूहका सदस्यहरुलाई पक्राउ गरेको छ। मोरङ प्रहरी प्रमुख विश्व अधिकारीका अनुसार जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको अमन समाज नेपालको नाममा अवैध चिठ्ठाको योजनामा ठगी गरिएको हो।

चिट्ठाका नाममा ठगिएको उजुरी परेपछि प्रहरीले चिट्ठा योजनाका सञ्चालक कमलेशकुमार कर्ण र उनका सहयोगीलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार ठगी गर्ने उदेश्यसहित कर्णको समूहले ३० किस्ता बनाई प्रत्येक किस्तामा तीन सय ८० रुपैयाँ संकलन गर्दै आएको थियो। उनीहरुको पक्राउसँगै चिट्ठाबाट ४९ लाख रुपैयाँ संकलन गरेको मोरङ प्रहरी प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

अधिकारीले जहदा गाउँपालिका ४५ वर्षीय राजेशकुमार साह, किसनदेव साह र रंगेली नगरपालिकाका २२ वर्षीय कम्लेशकुमार मण्डललाई पक्राउ गरेको हो। सोही क्रममा थप दुइजना श्रवणकुमार महतो र सूर्यनारायण महतो पनि पक्राउ परेका छन् । समाज नेपाल जिल्ला प्रशासन कार्यालय मोरङमा दर्ता भएको भए पनि सो संस्थाले चिठ्ठा योजना सञ्चालनको अनुमति नलिएको प्रहरी अनुसन्धानले जनाएको छ।

गैरकानूनी रुपमा आफू खुसी कार, मोटरसाइकल, टिभी, रेफ्रीजेरेटर, साइकल, ग्यास चुलो समेतका विभिन्न इलेक्ट्रोनिक सामानहरु चिट्ठामा पर्छ भन्दै सर्वसाधरणबाट १६ औँ किस्तासम्म ४९ लाख हाराहारी संकलन गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू