अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१० | Colorodo: 18:25

देशभरको मौसम बदली हुदाँ तराईमा कुहिरो र हुस्सु

बिआरटीनेपाल २०७६ माघ १२ गते ८:०६ मा प्रकाशित

आज विहानदेखि देशभरको मौसममा बदली भएको छ । तराई क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने पहाडी क्षेत्रमा पनि हुस्सु लागेको छ । पोखरा, काठमाडौं उपत्यकामा पनि आकाशमा बादल लागेकाले घाम लागेको छैन । घाम नलागेका कारण देशभरको मौसम चिसो भएको छ ।

तराई क्षेत्रमा बाक्लो कुहिरो लागेको छ भने पहाडी क्षेत्रमा बदली भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद सजिना शाक्यले जानकारी दिनुभयो । महाशाखाले जारी गरेको मौसम बुलेटिनमा आज विहान भैरहवा, जनकपुर र विराटनगरमा पनि विहानको भिजिविलिटी निकै कम रहेको छ । पूर्वी पहाडी क्षेत्रमा भने पानी पर्ने सम्भावना रहेको मौसमविद शाक्यले बताउनुभयो ।

अन्य क्षेत्रमा पनि भने पानी पर्ने सम्भावना कम छ । आज दिउँसोदेखि नै मौसम खुलेको उहाँको भनाइ छ । पूर्वी भूभागमा रहेको न्युनचापीय मौसम प्रणालीका कारण बदली भएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू