अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०३ | Colorodo: 01:18

कुसुण्डा भाषाकी ज्ञाता ज्ञानीमैयाको निधन

बिआरटीनेपाल २०७६ माघ ११ गते ६:४३ मा प्रकाशित

कुसुण्डा भाषाकी जानकार दाङकी ज्ञानीमैया कुसुण्डाको निधन भएको छ। शनिबार दिउँसो साढे १२ बजेतिर ८५ वर्षीया कुसुण्डाको लमही नगरपालिका वडा नम्बर ६ कुलमोहरस्थित आफ्नै घरमा निधन भएको हो। कसुण्डा भाषाको एक अनुसन्धानकर्ता उदय आलेले ज्ञानीमैयाको निधनले अपुरणीय क्षति भएको बताउनुभएको छ ।

अब कुसुण्डा भाषा बोल्न जान्ने उहाँकी बहिनी नाता पर्ने कमला कुसुण्डा मात्रै जीवित रहेको आलेले बताउनुभयो । लोपोन्मुख कुसुण्डा भाषा पूर्ण रूपमा जान्ने व्यक्ति देशभर जम्मा दुई जना मात्रै थिए। अन्तिम समयसम्म पनि ज्ञानीमैयाले नयाँ पुस्तालाई घरमै कुसुण्डा भाषा सिकाउने गर्दै आउनुभएको थियो ।

केही विदेशी समेत ज्ञानीमैयाको घरमै बसेर कुसुण्डा भाषा सिकेका थिए। उनीहरूले ज्ञानीमैयाको वृत्तचित्र समेत निर्माण गरेका छन्। अनुसन्धानकर्ता आले र केही विदेशी नागरिकले पनि उहाँको बारेमा किताब लेखेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू