अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४२ | Colorodo: 23:57

सोनाम ल्होछार मनाईयो, राष्ट्रपति र प्रधानमन्त्रीद्धारा शुभकामना

बिआरटीनेपाल २०७६ माघ ११ गते ६:३३ मा प्रकाशित

शनिवार तामाङ समुदायले नयाँ वर्ष अर्थात सोनाम ल्होछार पर्व मनाएका छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार मनाइन्छ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८ सय ५६ औं वर्ष सुरु हुन्छ । आजदेखि सुँगुर वर्ष पूरा गरी मुसा वर्ष प्रवेश हुन्छ ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन अर्थात मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ । १२ वटै वर्ष पशुपन्छीका नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको पुष्टि हुने संस्कृतिविदहरुको भनाइ छ ।

तामाङ जातिको बसोबास रहेका ठाउँमा ल्होछार पर्वका अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरिएका छन् । यसैबीच सोनाम ल्होछारको अवसरमा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र विभिन्न दलका नेताहरुले शुभकामना व्यक्त गर्नुभएको छ । चाडपर्वले नेपालीहरुको एकतालाई बलियो बनाउने नेताहरुको शुभकाममा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू