अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२१ | Colorodo: 02:36

शङ्कर लामिछाने प्रतिष्ठानले लामिछानेको स्मृति दिवस मनायो

बिआरटीनेपाल २०७६ माघ १० गते ९:३२ मा प्रकाशित

प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का पूर्व अध्यक्ष मोहन सिटौला रहनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि सिटौला, अध्यक्ष लेकालीले शङ्कर लामिछाने र प्रतिष्ठानबारे बोल्नु भएको थियो । सो कार्यक्रममा निबन्ध शिरमणि शङ्कर लामिछानेको निबन्धकारिताबारे क्रमशः समालोचकहरू प्रमोद प्रधान, ज्ञानु अधिकारी र महेश पौडेलले आ आफ्नो मन्तव्य राख्नु भएको थियो ।

सो अवसरमा श्रीमती रत्ना लामिछाने, प्रतिष्ठानका कोषाध्यक्ष पदमावती सिंह, निबन्धकार युवराज नयाँघरे, दया फाउन्डेसनका उपाध्यक्ष मिखा माथेमा, रञ्जना निरौलासमेत आआफ्नो मन्तव्य राख्नु भएको थियो । सोही कार्यक्रममा बुक हिल प्रकाशनले शङ्कर लामिछानेका चार कृतिहरू क्रमशः एब्स्ट्र्याक चिन्तन: प्याज, गौँथलीको गुँड, गोधुली संसार र विम्ब-प्रतिविम्बलाई एउटै पुस्तककार गरेको प्रकाशनको पनि लोकार्पण गरिएको थियो । यसै गरी प्रतिष्ठानले प्रकाशन गरेको सर्जक रत्नलक्ष्मी श्रेष्ठको चिन्तनपरक लेख सङ्ग्रह “नारी शक्तिका पाइला” को पनि लोकार्पण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू