अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१० | Colorodo: 08:25

इङ्गलिस प्रिमियर लिग – बर्नलेले म्यान्चेष्टर युनाइटेडलाई हरायो, लिभरपुल शीर्ष स्थानमा

बिआरटीनेपाल २०७६ माघ ९ गते ७:१५ मा प्रकाशित

इङ्गलिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाइटेड बर्नलेसँग पराजित भएको छ । गएराति आफ्नै मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा म्यान्चेस्टर युनाईटेड २–० ले पराजित भयो । म्यान्चेस्टर युनाइटेडको मैदानमा बर्न्लेलाई पहिलो जित दिलाउन क्रिस उड र जे रोड्रिगेजले एक–एक गोल गरे ।जितसँगै बर्नले ३० अंकसहित तालिकाको १३ औं स्थानमा उक्लिएको छ । युनाइटेड भने ३४ अंक सहित पाँचौं स्थानमा छ ।

प्रिमियर लिग फुटबलकै अर्को खेलमा टोटनह्याम हट्सपरले नरिच सिटीलाई २–१ ले हराउँदा लेष्टर सिटीले वेष्ट ह्याम युनाईटेडमाथि ४–१ को जित निकालेको छ । गएरातीका खेलहरुपछि प्रिमियर लिग फुटबलको अंक तालिकामा २२ खेलबाट ६४ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा छ । दुई खेल बढी खेलेको म्यान्चेस्टर सिटी ५१ अंकसहित दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको लेष्टर सिटीको ४८ अंक छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू