अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०० | Colorodo: 10:15

च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेगमा पीएसजी र डर्टमन्ड खेल्दै

बिआरटीनेपाल २०८१ वैशाख २५ गते ६:५६ मा प्रकाशित

यूईएफए च्याम्पियन्स लिग फुटबलमा आज सेमिफाइनलअन्तर्गत दोस्रो लेगको खेल हुँदैछ । आज राति पौने १ बजे फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) र जर्मन क्लब बोरुसिया डर्टमन्ड खेल्दैछन् । यो खेल पीएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा हुनेछ ।

यसअघि सिग्नल इडुना पार्कमा भएको पहिलो लेगमा घरेलु टोली डर्टमन्डले १–० गोलको अग्रता लिएको थियो । क्वार्टरफाइनलमा डर्टमन्डले स्पेनी क्लब एट्लेटिको मड्रिड र पीएजसीले अर्काे स्पेनी क्लब बार्सिलोनालाई हराएर अन्तिम चारमा पुगेका हुन् ।

डर्टमन्डले एथ्लेटिकोलाई ५–४ र पीएसजीले बार्सिलोनालाई ६–४ गोलले हराएको थियो । डर्टमन्डले एक पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ भने पीएसजी अहिलेसम्म विजेता बन्न सकेको छैन । यस्तै अर्काे सेमिफाइनलको दोस्रो लेगमा भोलि रियल मड्रिड र बार्यन म्युनिख खेल्दैछन् । च्याम्पियन्स लिगको फाइनल खेल आउँदो जुन २ तारिखमा बेलायतको वेम्ब्ले स्टेडियममा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू