अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२५ | Colorodo: 05:40

अग्नि सापकोटाविरूद्ध माइतीघर मण्डलमा प्रदर्शन

बिआरटीनेपाल २०७६ माघ ८ गते ८:०६ मा प्रकाशित

प्रतिनिधिसभाको रिक्त सभामुख पदका लागि उम्मेदवारी दिनुभएका सत्तारूढ नेपाल कम्युनिष्ट नेकपाका स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटाविरूद्ध माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ । नागरिक खबरदारी भन्दै काभ्रेका अर्जुन लामा हत्या आरोपी सापकोटाविरूद्ध प्रदर्शन गरिएको हो ।

हत्या घटनामा अनुसन्धानको क्रममा रहेका व्यक्तिलाई सभामुख नबनाउ भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् । सापकोटाविरूद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ । उहाँमाथि २०६२ सालमा तत्कालिन माओवादीले अपहरणमा परेका काभ्रे छत्रेबाँझका अर्जुन लामाको हत्या गरेको आरोप छ ।

अपहरण गरेर लगिएका लामाको शव दुई महिनापछि गाडिएको अवस्थामा काभ्रे बुढाखानीमा फेलापरेको थियो । संवैधानिक इजलासले उहाँको मुद्दा हेरिरहेको छ । द्वन्द्वपीडित र नागरिक समाजले व्यक्ति हत्याका आरोपीलाई सभामुख नबनाउन आग्रह गरेका हुन् । द्वन्द्वपीडितलाई अपमानित नगर्न उनीहरूले माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू