अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५१ | Colorodo: 00:06

निर्वाचनसम्बन्धी आचार संहिता पूर्ण रुपमा पालना गर्न आयोगको अपिल

बिआरटीनेपाल २०७६ माघ ७ गते ६:४२ मा प्रकाशित

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको क्रममा निर्वाचनसम्बन्धी आचार संहिता पूर्ण रुपमा पालना गर्न राजनीतिक दल, उम्मेदवार तथा तीनै तहका सरकारसँग अपिल गरेको छ । आयोगले निर्वाचनको मौन अवधि सुरु भइसकेकाले सो अवधिमा आचार संहिता विपरीतका काम कारबाही नगर्न तथा त्यस्ता क्रियाकलापका लागि उक्साहट नगर्न सबैसँग अपिल गरेको हो ।

आज संचारकर्मीसँग कुरागर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मौनअवधि सुरु भइसकेकाले यस अवधिमा कुनैपनि सञ्चार माध्यमबाट निर्वाचन प्रचार प्रसार नगर्न नगराउन आग्रह गर्नुभयो । माघ ९ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनका लागि हिजो राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू