अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२४ | Colorodo: 18:39

सिराहामा जन्तिका लागि हिँडेको ट्याक्टर दुर्घटना– दुई जनाको मृत्यु

बिआरटीनेपाल २०७६ माघ ४ गते ८:०४ मा प्रकाशित

पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सिराहाको गोलबजार नगरपालिका–७ मा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जन्ति जाँदै गरेको स. १. त ६५६० नम्बरको डिजे बोकेको ट्याक्टर शनिबार दिउँसो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमो लहान–१३ का २२ वर्षीय सन्तोष यादव र धनगढीमाई नगरपालिका–१२ का २० वर्षीय श्री प्रशाद माण्डल रहेका छन् । दुर्घटनामा अन्य पाँचजना घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

घाइतेको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर जनक पुरीले जानकारी दिनुभयो । तिव्र गतिमा रहको ट्याक्टरले बाटो काट्दै गरेको बाख्रालाई जोगाउन खोज्दा पछाडीको ट्रली पल्टिएर दुर्घटना भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू